FAQs Complain Problems

सूचना तथा समाचार

  • कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।

  • बोलपत्र स्वीकृत गर्ने आशयको सुचना ।।

  • निबन्ध प्रतियोगिता सम्बन्धी सुचना ।।

  • एम.आई.एस. अपरेटर र फिल्ड सहायककाे नतिजा प्रकाशन।

  • एम.आई.एस.अपरेटर तथा फिल्ड सहायककाे सीप परिक्षण तथा अन्तरवार्ता सम्बन्धि सुचना ।।।

  • सेवा प्रवाहको मापदण्ड (SOP) (स्थाससं ऐन दफा १को उपदफाको ङ १)

  • ऐरावती गाउँपालिका जलीय जैविक विविधता संरक्षण गर्दै ।

     प्युठान,१३ साउन ।

    जिल्लाको ऐरावती गाउँपालिकाले जलचर एंव जलीय जैविक विविधताको संरक्षण गर्दै आएको छ । गाउँपालिका क्षेत्रभित्र जलीय जैविक विविधताहरु मासिन थालेपछि पालिकाले यसको संरक्षणमा जोड दिएको हो । गाउँपालिकाले माछा संरक्षणको लागि बिनासकारी ढङ्गबाट माछा मार्ने कार्यलाई रोक लगाएको छ । बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेपछि वम, बिषादि र करेन्ट लगाएर माछा मार्ने कार्य रोकिन गएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले बताए । गाउँपालिकाको वडा नंम्बर १ र २ क्षेत्रभित्र माछाको संरक्षणका लागि गाउँपालिका र पानी परियोजनामार्फत काम भएको बताए ।

    विविधता संरक्षणका लागि ऐन पारित

    ऐरावती गाउँपालिकाले जलचर एंव जैविक विविधता संरक्षण सम्बन्धमा ऐन नै पारित गरेको छ । गाउँपालिका क्षेत्रभित्रको नदी,ताल, तलैया, सीमसार, जलचर, जलीय विविधताको संरक्षण गर्न, जलचर एंव जलीय जैविक विविधताको संरक्षण तथा दिगो उपयोग गर्न ऐनले सघाउ पुर्‍याउने गाउँपालिका अध्यक्ष शाहले बताए । त्यस्तै जलस्रोत तथा जलचरमा आश्रीत समुदाय बीचको अध्यात्मीक तथा सास्कृतिक अन्तरसम्बध तथा अन्र्तरनिर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रबद्धन तथा व्यवस्थापन गरी आम नागरिकको सुविधा र आर्थिक हितको सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न ऐनको महत्वपूर्ण भूमिका हुने अध्यक्ष शाहले बताए । गाउँपालिकाको गाउँसभाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन को दफा १०२ बमोििजम यो ऐन बनाएको गाउँपालिकाले जानकारी दिएको छ ।

    वातावरण पत्रकारको छलफल

    आईतबार नेपाल वातावरण पत्रकार समुहको आयोजनामा जलाधार क्षेत्र संरक्षणमा ध्यान दिनुपर्ने उदेश्य राखेर छलफल गरिएको छ । समुदाय स्तरमा गठन भएका आमा समुहले माछा संरक्षण अभियान थालेका छन् । जसले गर्दा झिमरुक जलाधार क्षेत्रमा माछाको संख्या बढेको छ । मध्य राप्ती जलाधार झिमरुक जलाधार क्षेत्रमा कार्यक्रम लागू भएको छ । गाउँपालिकाले माछा संरक्षणका लागि दुई वटा माझीसमुह गठन गरेको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र मार्फत चलेको पानी परियोजना मार्फत ऐरावती गाउँपालिकामा माझी समुह गठन गरेको केन्द्रका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले बताए । जुडा माझी समुह र रकसा माझी समुह गठन गरि माछाको संरक्षण भएको उनले बताए । माछा र जलीय जैविक विविधतामा असर पर्यो । यहि अवस्थालाई बुझेर गाउँपालिकाले करेन्ट लगाएर, विषादी हालेर वा बम हानेर माछा मार्न रोक लगाएको माझी समुहका स्थानीय बताउछन् ।

    ऐनको सही कार्यान्वयनमा जोड दिन आग्रह

    वातावरण पत्रकार समुहको आयोजनामा भएको पानी छलफल कार्यक्रममा सरोकारवालाले गाउँपालिकाले पारित गरेको ऐनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगाएत माझी समुह, रेडक्रस, प्रहरीको उपस्थितीमा छलफल कार्यक्रम भएको हो । माछा संरक्षण गर्नका लागि माझी समुह सक्रिय भएको रकसारह माझी समुहकी अध्यक्ष सिमा घर्तिले बताईन् । उनले भनिन,–‘यसको थप कार्यान्वयनका लागि गाउँपालिकाले ध्यान दिन जरुरी छ । ’ गाउँपालिका अध्यक्ष शाहले जलीय जलचरको संरक्षणका लागि ऐन अनुसार काम गरिने बताए । छिमेकी जिल्ला अर्घाखाँचीका स्थानीयले माछा मार्न आउने थाहाँपाएपछि यसको रोकथामका लागि यस क्षेत्रका स्थानीय तहसंग सहकार्य गरि अगाडी वढेका छौँ, अध्यक्ष शाहले भने,–‘अब यसको पूर्ण रुपमा रोकथाम हुनेछ । ’ त्यस्तै पालिकाले वातावरण संरक्षणका लागि सड्क निर्माण गरेसंगै वृक्षारोपण गर्ने कार्यलाई अगाडी वढाएको उनले बताए । अगिल्ला वर्ष ४० हजार विरुवा वृक्षारोपण गरेका हौँ, उनले भने,–‘यस आर्थिक वर्षमा पनि वृक्षारोपण गर्ने कार्यक्रम छ । ’ गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले भने हामीले जलचर एंव जलीय जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत असार ३० गतेको छैठौँ गाउँसभाबाट सर्बसम्मत रुपमा पारित गरेका छौँ । यो विधेयक पारित भएसंगै हामीलाई जलचर संरक्षण सम्बन्धी कानुनी बाटो खुलेको छ । पर्यावरणको संरक्षण नहुँदा हाँल विश्वभर मानव समुदायमा संकट उत्पन्न हुने ज्यादै ठूलो खतरा देखीएको बताए । जलवायु परिवर्तनले विश्व आक्रान्त बन्दै छ ,‘यसको सम्बन्ध आर्थिक, सांस्कृतिक , सामाजिक र राजनीतिक रुपमा पनि जोडिएको छ, उनले भने,–‘ तसर्थ वातावरण र पर्यावरणको सुधारका लागि हामी सबै समर्पित हुन जरुरी छ ।’ वातावरण संरक्षण संगै उत्पादनमा पनि वृद्धि आउने छ र मुलुकको समृद्धिमा सहयोग पुग्ने कुरामा उनले जोड दिए । हामीसंग भएका श्रोत साधनको संरक्षण नै वातावरण सम्र्वद्धनको आधारभूत उपाय हो । भूउपयोगबाटनै पर्यावरणीय प्रगतिलाई अगाडी वढाउन सकिन्छ यसैले हामी बस्ने ठाउँ, हामीले काम गर्ने ठाउँ पर्यावरणीय रुपमा सुधार हुन जरुरी भएको उनले बताए ।

    पाँच प्रतिवद्धता

    पानी छलफलमा चालु आर्थिक वर्षमा जलीय जलीय जैविक विविधताको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन गर्नका लागि स्थानिय स्तरमा ऐनका बारेमा जनचेतना जगाउने, मौलिक उत्पादनलाई समेटन गाउँपालिकाले कोशेली घर निर्माण गर्ने, वृक्षारोपण गरेको क्षेत्रमा खुल्ला चरिचरण रोकिने , प्रत्येक सामुदायिक वनमा बनेका र बनाउने रिचार्ज पोखरीको संरक्षण र सर्वद्धन गरिने र जलीय जैविक विविधता सम्बन्धी यस अघीका प्रतिवद्धतालाई निरन्तरता दिईने पाँच प्रतिवद्धता गरेको वातावरण पत्रकार समुहले जानकारी दिएको छ ।

  • बोलपत्र स्वीकृत तथा सम्झौता सम्बन्धमा ।

  • १५जना एच. आई. भी. संक्रमितलाई आर्थिक सहयोग

    ऐरावती गाउँपालिकाले पालिकाभित्र खुलेर देखीएका एच.आाई.भी. संक्रमितलाई आर्थिक सहयोग गरेको छ । पालिकाभित्र एच.आई.भी. सक्रमित देखीएका ३६ जना मध्ये १५ जनालाई प्रतिव्यक्ति छ हजारका दरले आर्थिक सहयोग गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ । एच.आई.भी. संक्रमितलाई आर्थिक सहयोग गर्दै गाउँपालिका अध्यक्ष नवीलविक्रम शाहले स्थानीय सरकार एच.आईं. भी. संक्रमितको साथमा रहेको बताए । ‘हामीले तपाईहरुलाई दुई चार हजार पैसा सहयोग गरेर दिर्घकालीन रुपमा समस्या टर्दैन, उनले भने,–‘ दिर्घकालिन समस्या समाधानका लागि कुनै आयआर्जनको माग लिएर गाउँपालिका आउँनुहोस हामी सहयोग गर्नेछौँ ।’ त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले एच.आई.भी. सक्रमितलाई समाजमा खुलेर देखिनुका साथै आफुले भोगेका समस्या को बारेमा जनचेतना जगाउनका लागि थप उर्जा मिलोस भन्ने उदेश्यले सम्मान स्वरुप आर्थिक सहयोग गरेको बताए । उनले भने,–‘सक्रमितहरुले मर्यादित र अनुशासनमा रहि समाजलाई सहयोग पुर्याउनुहुनेछ । ’ साथै सक्रमितलाई समाजमा अरु सरह जीवन विताउन पनि आर्थिक सहयोगले हौसला प्रदान गर्ने उनले बताए । गाउँपालिका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले रोग लाग्यो भन्दैमा आफुलाई हिनताबोध गर्ने हैन जति बाचिन्छ खुसीसाथ बाच्नुपर्ने बताए । उनले सक्रमितलाई अनुशासित र मर्यादित भई समाजलाई सहयोग गर्न आग्रह गरेका थिए । एच.आई.भी. संक्रमितहरु गाउँपालिकाले आर्थिक सहयोग गरेकोमा खुसी भएका छन् । ऐरावतीमा वडा नं एकमा एकजना, वडा नंम्बर दुईमा पाँच जना, वडा नंम्बर चारमा ७ जना, वडा नंम्बर पाँचमा १९ जना र वडा नंम्बर छ मा चारजना गरि ३६ जना एच.आई.भी सक्रमित रहेका छन् ।

  • आ.व. २०७६/७७ को लागि ऐरावती गाउँपालिकाको बजेट ३७ करोड तीन लाख ७० हजार पारित ।

    ऐरावती गाउँपालिका २०७६/०३/३०

    ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ का लागि बजेट पारित गरेको छ । गाउँपालिकाको छैठौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले पेश गरेको ३७ करोड तीन लाख ७० हजार बराबरको बजेट सर्वसम्मत रुपमा सभाले पारित गरेको हो । असार १० गते नीति तथा कार्यक्रमसंगै पेश गरेको बजेट व्यापक छलफल सहित सोमबार पारित गरिएको हो । सभाले खानेपानीलाई प्राथमिकता दिई बजेट विनियोजन गरेको छ । सभाले विजुली लिफ्ट खानेपानीका लागि रु दुई करोड , तिल्केनी चुत्रेनी लिफ्ट खानेपानीका लागि रु एक करोड १५ लाख, दाङवाङ लिफ्ट खानेपानीका लागि रु एक करोड, महेन्द्रदिप–गहतेपाटा– सिमलचौर लिफ्ट खानेपानीका लागि रु ६० लाख, लाद्म लिफ्ट खानेपानीका लागि रु ५२ लाख , बरौला खानेपानीका लागि २० लाख लगाएतका खानेपानी आयोजनालाई रु पाँच करोड २४ लाख ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । त्यस्तै गाउँसभाले शिक्षालाई पनि प्राथमिकता साथ अगाडी वढाउने निर्णय गरेको छ । जसअनुसार शिक्षाका लागि दुई करोड आठ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ । औद्योगिक ग्राम स्थापनाका लागि रु ८० लाख, पुस्तकालयका लागि रु ३० लाख, कृषि विकासका लागि रु ५२ लाख, पशुविकासका लागि रु ५५ लाख, स्वास्थ्यका लागि रु ७५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै अध्यक्षसंग वन संरक्षण कार्यक्रमका लागि रु २५ लाख, उपाध्यक्षसंम्म न्यायीक पहुँच कार्यक्रमका लागि रु १२ लाख, खेलकुद मैदान निर्माणका लागि रु ४० लाख, खेलकुद प्रतियोगिताका लागि रु २० लाख, भ्युटावर निर्माणका लागि रु २० लाख, पर्यटन विकासका लागि रु २० लाख, कोशेली घर सञ्चालनका लागि रु पाँच लाख , लक्षित वर्ग कार्यक्रमका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै सड्क तर्फ दुई करोड ८५ लाख रुपिँया बजेट विनियोजन गरिएको छ । जसमा बरौला–देउराली–दाङवाङ सड्क स्तरउन्नती, हरियाखोला –जाबुने सड्क स्तरउन्नती, बरौला चुकादेखी दाङवाङ जुडा जोड्ने सड्कलाई मुख्य प्राथमिकतामा राखिएको उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

    ज्ञानी छोराछोरी कार्यक्रम

    गाउँपालिकाको छैठौ गाउँसभाले ज्ञानी छोराछोरी कार्यक्रमलाई पनि नयाँ कार्यक्रमको रुपमा अगाडी वढाएको छ । पालिकाका छ वटै वडामा बालश्रम, बालहिंसा र बालविवाह न्युनीकरण गर्ने उदेश्यले यो कार्यक्रमलाई अगाडी सारिएको गाउँपालिका अध्यक्ष नवीलविक्रम शाहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस कार्यक्रम लागु भएसंगै यस्ता गतिविधिमा कमि आउने विश्वास लिएको छु । ’ यो कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

    जेष्ठनागरिक अनुभव केन्द्र

    गाउँपालिकाले जेष्ठनागरिककालागि पनि कार्यक्रम अगाडी सारेको छ । जेष्ठ नागरिक अनुभव आदान प्रदान केन्द्र भवन निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । उमेरले नेटो काटेका जेष्ठनागरिकहरुलाई घरमा समय विताउन गाहृो भएको अवस्थामा उक्त केन्द्रमा गई आपसमा अनुभव साटासाट गर्नुका साथै भजनकृतन गरि समय विताउनको लागि पनि सहज हुने उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । त्यस्तै अगिल्लो आर्थिक वर्षदेखी लागु गरेको बृद्धलाई ओखती कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिएको समेत उपाध्यक्ष बस्नेतले बताउनुभयो । गाउँसभामा अध्यक्ष नवीलविक्रम शाहले अगिल्ला वर्ष जस्तै यस आर्थिक वर्षपनि जनताको आवश्यकता अनुसार बजेट विनियोजन गरेको बताउनुभयो । पारित भएका योजनाहरुको कार्यान्वयनका लागि सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै उपाध्यक्ष बस्नेतले समग्र राष्ट्रको बलनै घरघरको एकताबाट प्राप्त हुने भन्दै यस गाउँपालिकाका हरेक घरहरुलाई सूचना तथा सञ्चार, विभिन्न पूर्वाधारहरुको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा स्थानीय तहको वढ्दो लगानी र अवसरहरुको सिर्जनाको माध्यमबाट एकताको एउटै सुत्रमा बाधी सुन्दर र समुन्नत ऐरावतीको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलीले बजेट विनियोजन गरेर मात्र नभई बजेटको सहि कार्यान्वयनमा जोेड दिनुपर्ने बताउनुभयो । गत वर्ष भन्दा यस आर्थिक वर्षमा योजना कम रहेको उहाँले बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत सम्मानित

    गाउँसभाले यस वर्षको उत्कृष्ट्र कर्मचारीको रुपमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलीलाई कदरपत्र र अन्य उपहार सहित सम्मान गरिएको छ । गाउँपालिको प्रशासनिक कार्यमा राम्रो काम गरेको मुल्याकन गर्दै ओलीलाई सम्मान गरेको हो । ओली गाउँपालिका स्थापना संगै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहदै आउनुभएको छ ।

Pages