ताजा खबर
सूचना तथा समाचार
-
मत्स्य विकास कार्यक्रम अन्तर्गत माछा पालनको क्षेत्र विस्तार (नयाँ पोखरी निर्माण अनुदानका लागि प्रस्ताव आह्वानको सुचना) ।
-
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत प्रस्तावनामा आधारित कृषि अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको सुचना
-
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत पशुपालन व्यवसायका लागी प्रसतावनामा आधारित अनुदान कार्यक्रमका लागी प्रस्ताव आह्वान गरिएको सुचना
-
बोलपत्र आव्हान सम्बन्धी सच्याईएको ।
,
-
गाई, भैसी, बंगुर बाख्रा व्यवसायिक प्रर्बधन कार्यक्रमका लागि कृषक छनौट सम्बन्धी सुचना ।
-
मासु पसल सुधार कार्यक्रमका लागि व्यवसायी छनौट सम्बन्धी सुचना ।
-
व्यवसायिक कुखुरा फार्म प्रर्बधन कार्यक्रमका लागि कृषक छनौट सम्बन्धी सुचना ।
-
युवा लक्षित अनुदान सहयोग कार्यक्रममा सहभागि हुन चाहने कृषकहरुको लागि निवेदन पेश गर्ने बारे सुचना ।
-
कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।।।
-
बिजुलीमा जलुके लिफ्ट खानेपानी आयोजना सञ्चालन , गाउँपालिकाबाट २० लाख बजेट विनियोजन
ऐरावती गाउँपालिका–६ बिजुली गाउँ पर्छ । यो गाउँमा खानेपानीको समस्या निकै छ । गाउँका स्थानियहरु खानेपानीका लागि विहान भरि कुवा, पधेरामा धाउनुपर्छ । गाउँका स्थानियहरु संगै विद्यालयमा अध्ययनरत विद्यार्थी पढाउने शिक्षक, वडा कार्यालयका कर्मचारी, स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मी, बिरामी र हुलाक कार्यालयका कर्मचारीलाई समेत समस्या परेको छ । गर्मी समयमा मुल सुक्ने गर्दछन्, जनता माध्यामिक विद्यालयमा अध्यापन गराउदैँ आएका शिक्षक केशवराज शर्माले भन्नुभयोे, –‘पिउने पानीकै लागि धेरै समय कुर्नुपर्छ । ’ नुहाउने, धुने पानीको लागि अझ समस्या छ । यहाँका स्थानिय, विद्यालयका शिक्षक, कर्मचारीहरुले गाउँपालिकालाई खानेपानी उपलब्ध गराउन आग्रह गरेका छन् । विद्यालय, स्वास्थ्य चौकी,हुलाक कार्यालय र यस वरपरका स्थानियहरुलाई खानेपानीको पहुँचमा पु¥याउनका लागि ऐरावती गाउँपालिकाले चालु आर्थिक वर्ष ०७५÷०७६ को गाउँपालिकाको विषयगत बजेटबाट रु २० लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । । विगत लामो समयदेखी खानेपानीको समस्या झेलिरहेका विद्यालयलाई लक्षित गरि बजेट विनियोजन भएको हो । विद्यालय संगै वडा कार्यालय, स्वास्थ्य चौकी , हुलाक कार्यालय र विद्यालय वरिपरिका स्थानियहरुलाई समेत खानेपानीको पहुँचमा पुग्ने विश्वास लिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले बताउनुभयो । त्यस्तै बिजुलीका अनेत्र क्षेत्रमा समेत खानेपानी योजनाको काम क्रमिक रुपमा सञ्चालन हुने उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । यी क्षेत्रमा खानेपानी पु¥याउन जलुके लिफ्ट आयोजनाको सिलन्यास गरिएको छ । वडा अध्यक्ष , विद्यालयका प्रधानाध्यापक, उपभोक्ता समितिको उपस्थितीमा योजनाको सिलन्यास गरिएको वडा अध्यक्ष चन्द्रबहादुर रानामगरले बताउनुभयो । टंकी, कुवाबाट खानेपानी खादै आएका स्थानियहरु पछिल्लो समय मुल सुक्दा खानेपानीको हाहाकार मच्चीएको वडा अध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सबै क्षेत्रबाट माग आएकाले गाउँपालिकाबाट खानेपानीका लागि बजेट विनियोजन गरिएको हो । ’ योजनाको जेठ मसान्त सकिसक्नुपर्ने वडा अध्यक्ष रानामगरले बताउनुभयो । खानेपानी योजनाको काम शुरु हुन थालेपछि विद्यालयका शिक्षक, विद्यार्थी, वडा कार्यालयका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी लगाएत स्थानियहरु खुसी भएका छन् ।