FAQs Complain Problems

ऐरावती गाउँपालिकाको वडा नँ ५ मा अवस्थित खेल मैदान ।

Read More

प्रसिद्द धार्मिकस्थल विजुलीकोट जहाँ बडा दशैँको नवमीको दिनमा भव्य मेला लाग्ने गर्दछ ।

Read More

ऐरावती गाउँपालिकाको भवन

Read More

"पुरन्ठाँटी स्वास्थ्य चौकी "

Read More

वडा नं २ मा रहेको प्रसिद्द स्थल "ठूलिलेख"

Read More

झिम्रुक र माडी नदिको दोभान"ऐरावती"

Read More

ऐरावती गाउँपालिकाको संक्षिप्त परिचय

ऐरावती गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लाका साबिकका गा.वि.स.हरू दाङवाङ, बरौला, पकला, बिजुली, धुवाङ(१–६,९) र रस्पुरकोट (१–५) गा.वि.स. मिलेर बनेको हाे। नेपालकोहो मानचित्रमा ऐरावती गाउँपालिकाका भौगोलिकअवस्थिति २७०५४,३०,देखि २८००३ उत्तरी आक्षांसम्म र २०४,३० देखि ८३०००,३० पूर्वी देशान्तरसम्म फैलिएको ।१५६.७५ वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँची जिल्ला, पश्चिममा सरुमारानी र माण्डवी गाउँपालिका उत्तरमा मल्लरानी र माण्डवी गाउँपालिका र दक्षिणमा सरुमारानी गाउँपालिका र अर्घाखाँची जिल्ला पर्दछन्।जनगणना २०७८ अनुसार ऐरावती गाउँपालिकामा ११३९९(५५.८ प्रतिशत)महिला तथा ९०२९(४४.२ प्रतिशत) गरि जम्मा जनसंख्या २०४२८ रहेको छ । बिभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । दशैँ, तिहार,माघि होली, गौरा, कृष्णजन्माष्टमी,ल्होसार,बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सुचना प्रविधि अधिकृत/ सुचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- ऐरावती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- अनुसुची २ बमोजिम
आवश्यक कागजातहरुः-
  • अनुसुची १ बमोजिमको दरखास्त
  • अनुसुची ५ बमोजिमको योग्यता
  • अनुसुची २ बमोजिमको दस्तुर बुझाएको रसिद
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) साविक लगत प्रमाणित प्रतिलिपि
५) फिल्डबुक उतार
६) स्थलगत निरीक्षण प्रतिवेदन
७) जग्गाको नापी नक्सा
८) जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
९) स्थलगत सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क (३५ दिन पछि विलम्ब शुल्क रु. ५०)
आवश्यक कागजातहरुः-

१) विवरण निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क (३५ दिन पछि विलम्ब शुल्क रु. ५०)
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र / विवाह दर्ताको सुचना फाराम
२) दुलाहा(दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) दुलाहा दुलहीको पासपोर्ट साईजको फोटो (२/२ प्रति)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क (३५ दिन पछि विलम्ब शुल्क रु. ५०)
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र/ सम्बन्ध विच्छेदको सुचना फाराम
२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क (३५ दिन पछि विलम्ब शुल्क रु. ५०)
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क (३५ दिन पछि विलम्ब शुल्क रु. ५०)
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का
५) मृतकको नागरिकता नभएको हकमा स्थलगत सर्जमिन मुचुल्का
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन मुचुल्का

Pages

जनगणना २०७८ मा ऐरावती गाउँपालिका

जानकारी

//