ताजा खबर
सूचना तथा समाचार
-
ऐरावती गाउँपालिकाको अनुरोधः
-
न्युन्तम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने सम्बन्धमा ।
, , -
कोरोनाबाट जोगिन गाउँ–गाउँमा सचेतना फैलाउँदै गन्धर्व ।
ऐरावती गाउँपालिका, प्यूठान- चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गन्र्धवहरुलाई गाउँमा परिचालन गरिएको छ।
प्युठानको ऐरावती गाउँपालिकाले स्थानीय गन्धर्वहरुलाई सचेतनामुलक गीतर्फत नागरिकहरुलाई कोरोनाका विषयमा सुसूचित बनाउन अभियान चलाइएको गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए।
गाउँपालिकाको वडा नं. ५ सुन्दर डाँडाका ४ जना युवा गन्धर्वहरु परिचालन गरेर सन्देशमुलक जागरण अभियान चलाएको हो।
गाउँपालिकाका अध्यक्ष शाहले भने, ‘संगीतमा रमाउन चाहने अहिलेका पुस्ताले गीतमार्फत आउने शब्दहरुलाई बढी चासो राख्ने भएकाले यस्तो नयाँ प्रयास थालेका हौं, ग्रामिण बस्तीका नागरिकलाई यसबारे सचेत बनाउनका लागि हामीले स्थानीय गन्धर्वहरुको सहयोग लिएका छौं।’
गाउँपालिकाले अभियानमा सहयोग गरेबापत उनीहरुलाई निश्चित पारिश्रमिक निर्धारण गरेको छ। गाउँपालिका अध्यक्ष शाहका अनसुार अभियानमार्फत लोप हुन लागेको गन्धर्वहरुको पेशाको पनि जगेर्ना हुने र गाउँ गाउँमा प्रत्येक वडामा पुगेर कोरोना भाइरसको संक्रमण हुने कारण, देखा पर्ने लक्षण, बच्नका लागि अपनाइने उपायहरुका बारेमा गीतको माध्यमबाट सर्तक बनाइनेछ।
अभियानमा अर्जुन गन्धर्व, पुर्ण गन्धर्व, सत्तबहादुर गन्धर्व र सन्तराम गन्धर्व रहेका छन्।
सचेतना अभियानका क्रममा उनीहरु गाउँमा पुगेर ‘रुघा लाग्छ, ज्वरो आउँछ, टाउको दुख्ने गर्छ, एक जनालाई लाग्यो भने अरुलाई नि सर्छ, हाम्रो जीवन राम्रोसंग सजाउनु, आफु बाँच्नु अरुलाई बचाउँनु’ भन्ने गीत गाँउदै गरेको अवस्थामा भेटिन्छन्।
अर्जुन गन्धर्वले सचेतनाका लागि उत्पिडित वर्गमा रहेको गन्धर्व समुदायलाई छनौट गरेकोमा खुसि व्यक्त गर्दै यसले गन्धर्वहरुको पेशाको जगेर्ना पनि हुने र दैनिक जिविकोपार्जनमा समेत टेवा पुग्ने बताऐ। यो अभियान आगामी जेठ मसान्तसम्म चल्ने छ।
-
सेवा करारमा ना.प्रा.स. पदको लागि दरखास्त आव्हानको सुचना।
-
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत पशुपालन व्यवसाय तथा आधुनिक मासु पसल (फ्रेस हाउस) का लागि प्रस्तावनामा आधारित अनुदान कार्यक्रमका लागि प्रस्ताव आव्हान गरिएको सुचना ।
-
पशु सेवा र कृषि सेवा शाखाको विभिन्न कार्यक्रम अन्तर्गत कृषक छनोट तथा सम्झौता गर्न आउने सम्बन्धी सुचना ।
-
निशुल्क जग्गा प्राप्त गर्ने सम्बन्धी सार्वजनिक सुचना ।
-
गणक (तथ्याङ्क संकलन) को अन्तिम नतिजा ।
-
पशु सेवा शाखा बरौला प्यूठानको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत दोस्रो चौमासिक कार्यक्रमहरुको सुचनाहरु ।
-
कृषि विकास शाखा बरौला प्यूठानको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत दोस्रो चौमासिक कार्यक्रमहरुको सुचनाहरु ।