FAQs Complain Problems

सूचना तथा समाचार

  • मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत प्रस्तावनामा आधारित कृषि अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको सुचना

  • मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत पशुपालन व्यवसायका लागी प्रसतावनामा आधारित अनुदान कार्यक्रमका लागी प्रस्ताव आह्वान गरिएको सुचना

  • बोलपत्र आव्हान सम्बन्धी सच्याईएको ।

    ,
  • गाई, भैसी, बंगुर बाख्रा व्यवसायिक प्रर्बधन कार्यक्रमका लागि कृषक छनौट सम्बन्धी सुचना ।

  • मासु पसल सुधार कार्यक्रमका लागि व्यवसायी छनौट सम्बन्धी सुचना ।

  • व्यवसायिक कुखुरा फार्म प्रर्बधन कार्यक्रमका लागि कृषक छनौट सम्बन्धी सुचना ।

  • युवा लक्षित अनुदान सहयोग कार्यक्रममा सहभागि हुन चाहने कृषकहरुको लागि निवेदन पेश गर्ने बारे सुचना ।

  • कर्मचारी आवश्यकता सम्बन्धी सुचना ।।।

  • बिजुलीमा जलुके लिफ्ट खानेपानी आयोजना सञ्चालन , गाउँपालिकाबाट २० लाख बजेट विनियोजन

    ऐरावती गाउँपालिका–६ बिजुली गाउँ पर्छ । यो गाउँमा खानेपानीको समस्या निकै छ । गाउँका स्थानियहरु खानेपानीका लागि विहान भरि कुवा, पधेरामा धाउनुपर्छ । गाउँका स्थानियहरु संगै विद्यालयमा अध्ययनरत विद्यार्थी पढाउने शिक्षक, वडा कार्यालयका कर्मचारी, स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मी, बिरामी र हुलाक कार्यालयका कर्मचारीलाई समेत समस्या परेको छ । गर्मी समयमा मुल सुक्ने गर्दछन्, जनता माध्यामिक विद्यालयमा अध्यापन गराउदैँ आएका शिक्षक केशवराज शर्माले भन्नुभयोे, –‘पिउने पानीकै लागि धेरै समय कुर्नुपर्छ । ’ नुहाउने, धुने पानीको लागि अझ समस्या छ । यहाँका स्थानिय, विद्यालयका शिक्षक, कर्मचारीहरुले गाउँपालिकालाई खानेपानी उपलब्ध गराउन आग्रह गरेका छन् । विद्यालय, स्वास्थ्य चौकी,हुलाक कार्यालय र यस वरपरका स्थानियहरुलाई खानेपानीको पहुँचमा पु¥याउनका लागि ऐरावती गाउँपालिकाले चालु आर्थिक वर्ष ०७५÷०७६ को गाउँपालिकाको विषयगत बजेटबाट रु २० लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । । विगत लामो समयदेखी खानेपानीको समस्या झेलिरहेका विद्यालयलाई लक्षित गरि बजेट विनियोजन भएको हो । विद्यालय संगै वडा कार्यालय, स्वास्थ्य चौकी , हुलाक कार्यालय र विद्यालय वरिपरिका स्थानियहरुलाई समेत खानेपानीको पहुँचमा पुग्ने विश्वास लिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले बताउनुभयो । त्यस्तै बिजुलीका अनेत्र क्षेत्रमा समेत खानेपानी योजनाको काम क्रमिक रुपमा सञ्चालन हुने उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । यी क्षेत्रमा खानेपानी पु¥याउन जलुके लिफ्ट आयोजनाको सिलन्यास गरिएको छ । वडा अध्यक्ष , विद्यालयका प्रधानाध्यापक, उपभोक्ता समितिको उपस्थितीमा योजनाको सिलन्यास गरिएको वडा अध्यक्ष चन्द्रबहादुर रानामगरले बताउनुभयो । टंकी, कुवाबाट खानेपानी खादै आएका स्थानियहरु पछिल्लो समय मुल सुक्दा खानेपानीको हाहाकार मच्चीएको वडा अध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सबै क्षेत्रबाट माग आएकाले गाउँपालिकाबाट खानेपानीका लागि बजेट विनियोजन गरिएको हो । ’ योजनाको जेठ मसान्त सकिसक्नुपर्ने वडा अध्यक्ष रानामगरले बताउनुभयो । खानेपानी योजनाको काम शुरु हुन थालेपछि विद्यालयका शिक्षक, विद्यार्थी, वडा कार्यालयका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी लगाएत स्थानियहरु खुसी भएका छन् ।

  • ऐरावतीका स्वंयमसेविकाका लागि ५ दिने पूर्नताजगी तालिम

    ,

    प्युठान,१३ चैत स्वास्थ्य कार्यालय प्युठानले ऐरावती गाउँपालिकामा काम गर्ने स्वास्थ्य स्वयंमसेविकाका लागि ५ दिने पूर्नताजगी तालिम सञ्चालन गरेको छ । गाउँपालिकामा नयाँ नियुक्ति भएका तथा पूराना स्वयंमसेविकाका लागि तालिम दिईएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले बताए । समुदाय स्तरमा सञ्चालन हुने बाल स्वास्थ्य, मातृ स्वास्थ्य, रोग नियन्त्रण कार्यक्रम लगाएत स्वास्थ्य सम्बन्धि आनीवानी परिवर्तनमा स्थानिय स्वयंमसेविकाको महत्वपूर्ण भूमिका रहेको छ । उनीहरुलाई तालिममा यी विषयमा जानकारी गराउने कार्यालयका प्रमुख सुबेदीले बताए । २० जना स्वयंमसेविकालाई तालिम दिईएको उनले बताए । उनले भने,–‘ स्वयंमसेविकाका नयाँ कार्यक्रमका बारेमा जानकारी गराउन तालिमको आयोजना गरिएको हो ।’ त्यस्तै तालिममा सेविकाका काम, अधिकार र सूचकका विषयमा पनि सहजीकरण गरिने उनले बताए । तालिमको सहजीकरण स्वास्थ्य कार्यालय प्युठानका स्वास्थ्यकर्मी र गाउँपालिकाका स्वास्थ्यकर्मीले गर्ने सुबेदीले जानकारी गराए । तलिमको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले राज्यका अगुवाईमा राखिएका स्वयंमसेविकाले राम्रो काम गर्दै जानुपर्ने बताए । उनले भने,–‘सरकार सफल बनाउन स्वयंमसेविकाले आफ्नो काममा दृढ हुनुपर्छ । ’ गाउँपालिकाले स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी वढेको उनले बताए । स्वयंमसेविकाका लागि चाहिने आवश्यक तालिम, रकम र व्यवस्थापनमा गाउँपालिका प्रतिवद्ध भएको उनले जानकारी गराए । जिल्लामा ४ सय ४१ स्वयंमसेविका समुदायकेन्द्रित स्वास्थ्य कार्यक्रमको मूख्य खम्बा भनेकै महिला भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुबेदीले बताए । उनले भने,–‘ जबसम्म महिलाको शशक्तिकरण गर्न सकिदैन तब सम्म स्वास्थ्यका सूचकहरुमा उपलब्धी हासिल गर्न सकिदैन । ’ जिल्लामा साविकका वडा अनुसार ४ सय ४१ स्वयंमसेविका रहेको सुवेदीले बताए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष ०४४÷०४५ सालदेखि महिला स्वास्थ्य स्वयंमसेविका कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए । उनले भने,–‘प्युठानमा पनि वडा अनुसार राखेको छौँ । ’ राज्यले स्वास्थ्य क्षेत्रमा लिएको उदेश्य पूरा गर्न स्वास्थ्य स्वयंमसेविकाको महत्वपूर्ण भूमिका रहेको उनले बताए । राज्यले स्वयंमसेविकाका लागि वार्षिक रुपमा भत्ता उपलब्ध गराउदै आएको छ । ऐरावती गाउँपालिकामा रहेका स्वास्थ्य स्वयंमसेविकाका लागि गाउँपालिकाबाट बार्षिक रुपमा खाजा भत्ता १२ हजार रुपिँया र स्वास्थ्य कार्यालयबाट पोषाक भत्ता रु ७ हजार ५ सय दिदै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

Pages

//