FAQs Complain Problems

सूचना तथा समाचार

  • समाचार

    प्युठान, २ चैत ।
    ऐरावती गाउँपालिकाले स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सरोकारवालाको विचमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
    गाउँपालिकाका अध्यक्ष नवीलविक्रम शाहको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम गरिएको हो । 

    गाउँपालिकाका अध्यक्ष शाहले गाउँपालिकामा वर्षभरि गरिएका कार्यक्रमको बारेमा जानकारी गराउदै गाउँपालिकाको समृद्धि तथा विकासको साझेदार बनेको बताउनुभयो ।
    गाउँपालिकाका उपाध्यक्ष वुद्ध बस्नेतको स्वागत मन्तव्य दिदै स्थानीय सरकार तथा न्यायिक समितिको काम कर्तव्य र अधिकारले सिर्जना गरेको दायित्वका बारेमा अवगत गराउनुभएको थियो ।
    स्थापना दिवस कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा, जिल्ला खेलकुद विकास समिति प्युठानका अध्यक्ष श्याम थापा, राजनितिक दलका प्रतिनिधि लगाएतका वक्ताहरुले गाउँपालिका संचालन सम्बन्धमा सुझाव तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा गाउँपालिका भित्रका राजनैतिक दल, निर्र्वािचत जनप्रतिनिधि, जिल्ला समन्वय समिति,जिल्ला खेलकुद विकास समिति, नेपाल रेडक्रस सोसाईटी, सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संघसंस्था, पत्रकार तथा सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

Pages