FAQs Complain Problems

गाउँपालिका स्थापना दिवसकाे अवसरमा बराैंला बजार क्षेत्र सरसफाई ।।

प्युठान । शनिवार बरौला बजार संगै खोला क्षेत्रमा सरसफाई गरिएको छ । ऐरावती गाउँपालिका प्युठानले स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको हो । ०७३ चैत २ गतेदेखि गाउँपालिकाको वडा नंम्बर २ बरौला ददेरीपाटामा कार्यालय सञ्चालन भई सेवा सुचारु गरेको छ ।

शनिवार बजार संगै सरसफाई कार्यक्रम गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओलीले बताए । गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा उपाध्यक्ष बुद्ध बहादुर बस्नेत, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओली, कार्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, स्थानियबासी, नेपाल प्रहरीको उपस्थितीमा सरसफाई गरिएको हो । स्थानिय सरकारको जिम्मेवारी र दायित्व धेरै छन्, हामीले स्थानिय तहबाट सेवा सुचारु गर्दै गर्दा व्यवस्थापिका, कार्यपालिका र न्यायीक सेवालाई संगसंगै अगाडी वढाउनुपरेको गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए । यसमा सबै तहका सरोकारवालाको साथ र सहयोग मिलेको छ ,उनले भने,–‘सबैको साथ पाउँदा हामी खुसी छौँ । ’ साथै स्थापना दिवसको अवसर पारेर बरौला बजार क्षेत्रको सरसफाईमा जुटेको उनले बताए । सरसफाई कार्यक्रममा स्थानियको सहभागीताले खुसी भएको उनले बताए । हामीलाई मानव जीवन जीउनका लागि पर्यावरण्ीय दृष्टिले ज्यादै संवेदनशील भएको छ । वातावरण संरक्षण पहिलो चुनौती देखिन्छ, उनले भने,–‘ वातावरणीय संमवद्धन गर्न हामी सबैको दायित्व हो ।’ पर्यावरण संरक्षण र प्रदुषण नियन्त्रण गर्न जरुरी रहेको उनले बताए । गाउँपालिका भित्रका वडा कार्यालयले पनि वडा अध्यक्षको नेतृत्वमा वडा कार्यालय वरिपरि संगै बाटो, गाउँहरुमा सरसफाई गरेको पालिकाले जनाएको छ । 

आर्थिक वर्ष: