ताजा खबर
आर्थिक वर्ष ०८०/०८१ मा स्वास्थ्य तर्फ स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा सञ्चालित बार्षिक समीक्षा कार्यक्रममा ऐरावती गाउँपालिकाले जम्मा ६७.५१ प्राप्ताङ्क सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
आर्थिक वर्ष ०८०/०८१ मा स्वास्थ्य तर्फ सम्पादित कार्यक्रमको आधारमा, स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा सञ्चालित बार्षिक समीक्षा कार्यक्रममा ऐरावती गाउँपालिकाले जम्मा ६७.५१ प्राप्ताङ्क सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।प्युठान जिल्लाभरमा गौमुखी गाउँपालिका ६७.८७ प्राप्ताङ्क सहित प्रथम तथा माण्डवी गाउँपालिका ६७.६९ सहित द्दितीय स्थान हासिल गर्न सफल भएका थिए ।
स्वास्थ्यको हरेक इन्डिकेटरहरु लक्ष्य अनुसार प्रगति गर्न सहयोग गर्ने स्वास्थ्य आमा समूहहरू,महिला सामुदायिक स्वास्थय स्वयं सेबिकाहरु,स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरु, स्वास्थ्य कार्यालय प्युठान,सम्पूर्ण स्वास्थ्यकर्मीहरु,सम्पूर्ण राजनैतिक दल,विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्था लगायत सरोकारवाला प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि थप सल्लाह, सुझाव तथा सहयोगको अपेक्षा गरेका छौं