ताजा खबर
ऐरावती गाउँपालिकाको पन्ध्रौँ गाउँसभा
मिति २०८१/०३/०९ गतेको दिन सुरु भएको यस ऐरावती गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठक मिति २०८१/०३/१०
गते आ.व २०८१/०८२ को लागि बिनियोजन गरिएको बजेट,आर्थिक ऐन,बिनियोजन ऐनहरु सार्वजनिक गरि बैठक सम्पन्न भएको छ ।
यस दोस्रो बैठकको अध्यक्षता ऐरावती गाउँपालिकाका अध्यक्ष श्री नविल बिक्रम शाहले गर्नुभएको थियो भने
उपाध्यक्ष श्री कृष्ण प्रसाद श्रेष्ठले आ.व. २०८१/०८२ को लागि बिनियोजित बजेट,आर्थिक ऐन,बिनियोजन ऐनहरु प्रस्तुत गर्नुभएको थियो ।