ताजा खबर
सूचना तथा समाचार
-
१५जना एच. आई. भी. संक्रमितलाई आर्थिक सहयोग
ऐरावती गाउँपालिकाले पालिकाभित्र खुलेर देखीएका एच.आाई.भी. संक्रमितलाई आर्थिक सहयोग गरेको छ । पालिकाभित्र एच.आई.भी. सक्रमित देखीएका ३६ जना मध्ये १५ जनालाई प्रतिव्यक्ति छ हजारका दरले आर्थिक सहयोग गरिएको ऐरावती गाउँपालिकाले जनाएको छ । एच.आई.भी. संक्रमितलाई आर्थिक सहयोग गर्दै गाउँपालिका अध्यक्ष नवीलविक्रम शाहले स्थानीय सरकार एच.आईं. भी. संक्रमितको साथमा रहेको बताए । ‘हामीले तपाईहरुलाई दुई चार हजार पैसा सहयोग गरेर दिर्घकालीन रुपमा समस्या टर्दैन, उनले भने,–‘ दिर्घकालिन समस्या समाधानका लागि कुनै आयआर्जनको माग लिएर गाउँपालिका आउँनुहोस हामी सहयोग गर्नेछौँ ।’ त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले एच.आई.भी. सक्रमितलाई समाजमा खुलेर देखिनुका साथै आफुले भोगेका समस्या को बारेमा जनचेतना जगाउनका लागि थप उर्जा मिलोस भन्ने उदेश्यले सम्मान स्वरुप आर्थिक सहयोग गरेको बताए । उनले भने,–‘सक्रमितहरुले मर्यादित र अनुशासनमा रहि समाजलाई सहयोग पुर्याउनुहुनेछ । ’ साथै सक्रमितलाई समाजमा अरु सरह जीवन विताउन पनि आर्थिक सहयोगले हौसला प्रदान गर्ने उनले बताए । गाउँपालिका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले रोग लाग्यो भन्दैमा आफुलाई हिनताबोध गर्ने हैन जति बाचिन्छ खुसीसाथ बाच्नुपर्ने बताए । उनले सक्रमितलाई अनुशासित र मर्यादित भई समाजलाई सहयोग गर्न आग्रह गरेका थिए । एच.आई.भी. संक्रमितहरु गाउँपालिकाले आर्थिक सहयोग गरेकोमा खुसी भएका छन् । ऐरावतीमा वडा नं एकमा एकजना, वडा नंम्बर दुईमा पाँच जना, वडा नंम्बर चारमा ७ जना, वडा नंम्बर पाँचमा १९ जना र वडा नंम्बर छ मा चारजना गरि ३६ जना एच.आई.भी सक्रमित रहेका छन् ।
-
आ.व. २०७६/७७ को लागि ऐरावती गाउँपालिकाको बजेट ३७ करोड तीन लाख ७० हजार पारित ।
ऐरावती गाउँपालिका २०७६/०३/३०
ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ का लागि बजेट पारित गरेको छ । गाउँपालिकाको छैठौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले पेश गरेको ३७ करोड तीन लाख ७० हजार बराबरको बजेट सर्वसम्मत रुपमा सभाले पारित गरेको हो । असार १० गते नीति तथा कार्यक्रमसंगै पेश गरेको बजेट व्यापक छलफल सहित सोमबार पारित गरिएको हो । सभाले खानेपानीलाई प्राथमिकता दिई बजेट विनियोजन गरेको छ । सभाले विजुली लिफ्ट खानेपानीका लागि रु दुई करोड , तिल्केनी चुत्रेनी लिफ्ट खानेपानीका लागि रु एक करोड १५ लाख, दाङवाङ लिफ्ट खानेपानीका लागि रु एक करोड, महेन्द्रदिप–गहतेपाटा– सिमलचौर लिफ्ट खानेपानीका लागि रु ६० लाख, लाद्म लिफ्ट खानेपानीका लागि रु ५२ लाख , बरौला खानेपानीका लागि २० लाख लगाएतका खानेपानी आयोजनालाई रु पाँच करोड २४ लाख ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । त्यस्तै गाउँसभाले शिक्षालाई पनि प्राथमिकता साथ अगाडी वढाउने निर्णय गरेको छ । जसअनुसार शिक्षाका लागि दुई करोड आठ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ । औद्योगिक ग्राम स्थापनाका लागि रु ८० लाख, पुस्तकालयका लागि रु ३० लाख, कृषि विकासका लागि रु ५२ लाख, पशुविकासका लागि रु ५५ लाख, स्वास्थ्यका लागि रु ७५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै अध्यक्षसंग वन संरक्षण कार्यक्रमका लागि रु २५ लाख, उपाध्यक्षसंम्म न्यायीक पहुँच कार्यक्रमका लागि रु १२ लाख, खेलकुद मैदान निर्माणका लागि रु ४० लाख, खेलकुद प्रतियोगिताका लागि रु २० लाख, भ्युटावर निर्माणका लागि रु २० लाख, पर्यटन विकासका लागि रु २० लाख, कोशेली घर सञ्चालनका लागि रु पाँच लाख , लक्षित वर्ग कार्यक्रमका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै सड्क तर्फ दुई करोड ८५ लाख रुपिँया बजेट विनियोजन गरिएको छ । जसमा बरौला–देउराली–दाङवाङ सड्क स्तरउन्नती, हरियाखोला –जाबुने सड्क स्तरउन्नती, बरौला चुकादेखी दाङवाङ जुडा जोड्ने सड्कलाई मुख्य प्राथमिकतामा राखिएको उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
ज्ञानी छोराछोरी कार्यक्रम
गाउँपालिकाको छैठौ गाउँसभाले ज्ञानी छोराछोरी कार्यक्रमलाई पनि नयाँ कार्यक्रमको रुपमा अगाडी वढाएको छ । पालिकाका छ वटै वडामा बालश्रम, बालहिंसा र बालविवाह न्युनीकरण गर्ने उदेश्यले यो कार्यक्रमलाई अगाडी सारिएको गाउँपालिका अध्यक्ष नवीलविक्रम शाहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस कार्यक्रम लागु भएसंगै यस्ता गतिविधिमा कमि आउने विश्वास लिएको छु । ’ यो कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
जेष्ठनागरिक अनुभव केन्द्र
गाउँपालिकाले जेष्ठनागरिककालागि पनि कार्यक्रम अगाडी सारेको छ । जेष्ठ नागरिक अनुभव आदान प्रदान केन्द्र भवन निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । उमेरले नेटो काटेका जेष्ठनागरिकहरुलाई घरमा समय विताउन गाहृो भएको अवस्थामा उक्त केन्द्रमा गई आपसमा अनुभव साटासाट गर्नुका साथै भजनकृतन गरि समय विताउनको लागि पनि सहज हुने उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । त्यस्तै अगिल्लो आर्थिक वर्षदेखी लागु गरेको बृद्धलाई ओखती कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिएको समेत उपाध्यक्ष बस्नेतले बताउनुभयो । गाउँसभामा अध्यक्ष नवीलविक्रम शाहले अगिल्ला वर्ष जस्तै यस आर्थिक वर्षपनि जनताको आवश्यकता अनुसार बजेट विनियोजन गरेको बताउनुभयो । पारित भएका योजनाहरुको कार्यान्वयनका लागि सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै उपाध्यक्ष बस्नेतले समग्र राष्ट्रको बलनै घरघरको एकताबाट प्राप्त हुने भन्दै यस गाउँपालिकाका हरेक घरहरुलाई सूचना तथा सञ्चार, विभिन्न पूर्वाधारहरुको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा स्थानीय तहको वढ्दो लगानी र अवसरहरुको सिर्जनाको माध्यमबाट एकताको एउटै सुत्रमा बाधी सुन्दर र समुन्नत ऐरावतीको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलीले बजेट विनियोजन गरेर मात्र नभई बजेटको सहि कार्यान्वयनमा जोेड दिनुपर्ने बताउनुभयो । गत वर्ष भन्दा यस आर्थिक वर्षमा योजना कम रहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सम्मानित
गाउँसभाले यस वर्षको उत्कृष्ट्र कर्मचारीको रुपमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलीलाई कदरपत्र र अन्य उपहार सहित सम्मान गरिएको छ । गाउँपालिको प्रशासनिक कार्यमा राम्रो काम गरेको मुल्याकन गर्दै ओलीलाई सम्मान गरेको हो । ओली गाउँपालिका स्थापना संगै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहदै आउनुभएको छ ।
-
वोलपत्र स्वीकृत तथा सम्झौता सम्बन्धमा ।
-
आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम ।
-
बाख्रा बंगुर तरकारी र माछापालन कृषक छनोट तथा सम्झौता गर्न आउने सम्बन्धमा ।
-
हाटबजार उद्घाटन गर्दै प्रदेश सांसद रिजालले भन्नुभयो - मेहनती हातलाई सलाम ।
,
ऐरावती गाउँपालिका,प्यूठान।
कृषकका उत्पादनलाई विक्रि बितरणमा सहयोग पुराउने उदेश्यले ऐरावती गाउँपालिका वडा न २ बर्रौला बजारमा आज एक कार्यक्रमको आयोजना गरी कृषि हाट बजारको उद्घाटन गरिएको छ । हाट बजारको उद्घाटन गर्दै प्यूठान क्षेत्र न १ का प्रदेश सासंद हरि रिजालले कृषका आवाज अब मूख्य मुद्धाका रुपमा लिन सबैमा आग्रह गर्दै कृषकले काम गर्न छाडे हामी सबै भोकै हुनु पर्ने अवस्था श्रृजना हुने भएकाले कृर्षकका मेहेनती हातलाई सबैले सलाम गनुपर्ने बताउनु भयो । सासंद रिजालले जमान फेरीएकाले कृषि पेसालाई आधुनकिकिरण गर्दे लैजान कृषक दाजुभाइ दिदिबहिनीलाई आग्रह गर्नुभयो । कार्यक्रमा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले कृषी पेशालाई आधुनिकिकरण गर्दै ऐरावती गाउँपालिकालाई आत्म निर्भर बनाउन हामी सबै लागि परिरहेको बताउनु भयो । कृषक हामी सबैका मालिक भएकोले कृषि पेशालाई सम्मानीत पेशा बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओलीले पढलेख गरेका युवायुवतीले कृषी पेशालाई आधुनिकिरण गर्दै त्यस तर्फ लाग्न अनुरोध गर्नुभयो । उहाँले बिदेशी भुमीमा गर्ने काम स्वदेशमा कृषि क्षेत्रमा गरे गाउँपालिका आत्म निर्भर हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बस्नेतले कृषि यस क्षेत्रको मूख्य पेशा भएकोले कृषि पेशाबाटै आत्म निर्भर गराउने वाताबरण श्रृजना गर्न आफुहरु लागि परेको बताउनु भयो । ऐरावती गाउँपालिका स्तरिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले हाट बजारको सफलताको कामना गरेका थिए । सुनगाभा कृषि सहकारी संस्थाका अध्यक्ष नुम प्रसाद श्रेष्ठले हाट बजारको संरक्षण गर्दै आगामी दिनमा कृषकका उत्पादलाई विक्रि वितरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नभयो । कार्यक्रममा कृषि तथा पशुका विभिन्न विधामा नियमीत कार्य गर्ने कृषकहरुलाई सम्मान समेत गरिएको थियो ।
-
छात्रछात्राहरुलाई पोषण युक्त वाल भोजनको प्याकेट वितरण
ऐरावती प्यूठान ।
विपन्न विद्यार्थीहरुको पोषणमा सहयोग पुर्याउने उदेश्यले पाटेश्वरी नमुना प्राथमीक विद्यालयलका ५४ जना छात्रछात्राहरुलाई पोषण युक्त वाल भोजनको प्याकेट वितरण गरिएको छ । अन्तराष्ट्रिय पशुपती अन्नपूर्ण आश्रम प्रदेश न ५ का उप प्रमुख रामचन्द्र ज्ञवाली (विरु) र स्थानी शुनिल शाहीको सकृयतामा पोषण युक्त वाल भोजनको प्याकेट आज एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले विपन्न विद्यार्थीको पोषणमा सुधार ल्याउने अन्तराष्ट्रिय पशुपती अन्नपूर्ण आश्रम प्रदेश न ५ ले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा ऐरावती गाउँपालिकाका सबै विद्यालयमा सहयो गर्न संस्थालाई आग्रह समेत गरे। संस्थासँग सहकार्य गरेर अघी बढ्न आफु र गाउँपालिका तयार रहेको भन्दै आगामी दिनमा सहकार्य गर्ने उल्लेख गरे। कार्यक्रममा पोषणका कार्यक्रमलाई नियमति सहयोग गर्न आग्रह गर्दै विद्यालयका प्रध्यानध्यापक दामोदर शर्माले विद्यालयको तर्फबाट संस्थालाई धन्याबाद दिएका थिए । विपन्न विद्यार्थीहरुको स्वास्थ्य तथा पोषणका क्षेत्रमा सहयोग गर्ने कार्यक्रम अनुसार ऐरावती गाउँपालिका वडा न ५ मा रहेको पाटेश्वरी नमुना प्राथमीक विद्यालयलका विपन्न परिवारका जना ५४ छात्रछात्राहरुलाई वितरण गरिएको शुनलि शाहीले जानकारी दिइन् । हामीले स्थानीय स्तरमा पोषण तथा सामाजिक क्षेत्रमा काम गर्ने अभिरुची रहेकोले पोषण युक्त वाल भोजनको प्याकेट वितरण गरेका जानकारी गराउँदै यसले विपन्न विद्यार्थीको पोषणमा सुधार ल्याउने आशा गरेका छौ अन्तराष्ट्रिय पशुपती अन्नपूर्ण आश्रम प्रदेश न ५ का उप प्रमुख रामचन्द्र ज्ञवाली विरुले भने ।
-
नदिजन्य पदार्थ उत्खनन, संकलन तथा घाटगद्दी नगर्ने सम्बन्धी सुचना ।
-
उपस्थिति सम्बन्धमा ।
-
कृषक/समुह छनौट भएकोले सम्झौता गर्न आउने बारे सुचना ।