मिति २०८३/०५/०७ गतेको दिन ऐरावती गाउँपालिका वडा नं ३ मा रहेको श्री धर्मोदय माध्यमिक विद्यालयमा यस ऐरावती गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।यस कार्यक्रममा उपस्थित भईदिनुहुने तथा गाउँपालिकाबाट भई गरेका गतिबिधिहरुमा चासो व्यक्त गर्नुहुने सम्पुर्ण महानुभावहरु लाई धेरै धेरै धन्यबाद प्रकट गर्दछौँ ।
उक्त कार्यक्रममा केही तस्बिरहरु यहाँ राखिएको छ ।
ताजा खबर
ग्यालरी
आज मिति २०८३/०३/०९ गते ऐरावती गाउँपालिका बरौँला प्युठानको बिसौँ गाउँसभाको पहिलो बैठक,,सम्पुर्ण गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थितिमा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
यस गाउँसभा कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री नविल बिक्रम शाहले आगामी आ.व.२०८३/०८४ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
भोली मिति २०८२/०३/१० गतेको दिनमा यस बिसौँ गाउँसभाको दोस्रो बैठक बसी आ.व.२०८३/०८४ को बजेट तथा कार्यक्रम उपर छलफल गर्ने कार्यक्रम रहेको छ ।
आज सम्पन्न भएको पहिलो बैठकका केहि झलकहरु यहाँ समावेश गरिएको छ ।
समयमै व्यक्तिगत घटना दर्ता गरौं, नागरिकको अधिकार सुनिश्चित गरौं भन्ने नाराका साथ आज मिति २०८२/१२/३० गतेको दिन ऐरावती गाउँपालिकाको बैठक कक्षमा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,सबै वडा सचिव तथा गाउँपालिकाका बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । मिति २०८३/०१/१ गते देखि ०७ गते सम्म घटना दर्ता सप्ताह मनाउने कार्यक्रम रहेको छ ।
स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली Local Governance Performance Assessment System (LGPAS) सम्बन्धी ऐरावती गाउँपालिकामा रहेका शाखा प्रमुखहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०८२/०९/११ गते शुक्रबारको दिन ऐरावती गाउँपालिका, गाउँसभाको १९औँ अधिवेशन, सम्पुर्ण गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थितिमा ऐरावती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।सो कार्यक्रमको केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।
सिकाई आदानप्रदान तथा अन्तर पालिका सहकार्य गर्ने उद्धेश्यसहित अर्घाखाँची र प्यूठानका ६ वटा पालिकाको बैठक बसेको छ ।
प्युठानको ऐरावती गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकमा प्यूठानका ऐरावती, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका तथा अर्घाखाँचीका भुमिकास्थान र शितगंगा नगरपालिकाको सहभागिता रहेको थियो ।
आर्थिक वर्ष ०८०/०८१ मा स्वास्थ्य तर्फ सम्पादित कार्यक्रमको आधारमा, स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा सञ्चालित बार्षिक समीक्षा कार्यक्रममा ऐरावती गाउँपालिकाले जम्मा ६७.५१ प्राप्ताङ्क सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।प्युठान जिल्लाभरमा गौमुखी गाउँपालिका ६७.८७ प्राप्ताङ्क सहित प्रथम तथा माण्डवी गाउँपालिका ६७.६९ सहित द्दितीय स्थान हासिल गर्न सफल भएका थिए ।
मिति २०८१/०४/३१ गते यस ऐरावती गाउँपालिकाको सभाहलमा आ.व. २०८०/०८१ को तेस्रो चौमासिक अवधिको कार्यक्रमहरुको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम, गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,सबै वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत,विषयगत शाखा प्रमुखहरु,वडा सचिबहरु तथा पालिकामा कार्यरत सबै कर्मचारीहरु,सरोकारवाला निकायहरु तथा आम सर्वसाधारणको उपस्थितिमा सम्पन्न भएको थियो ।
मिति २०८१/०४/३० गते यस ऐरावती गाउँपालिकाको सभाहलमा आ.व. २०८०/०८१ मा सम्पादित कार्यक्रमहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,सबै वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत,विषयगत शाखा प्रमुखहरु,सबै वडा सचिबहरु तथा पालिकामा कार्यरत सबै कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
यस कार्यक्रममा वडा तथा पालिकाबाट आ.व अवधीमा सम्पादित कार्यहरुको बारेमा सम्बन्धीत वडा कार्यालयका वडा सचिव र सम्बन्धीत शाखा प्रमुखहरुले आ-आफ्नो प्रस्तुती राख्नुभएको थियो ।