आज मिति २०८२/०९/११ गते शुक्रबारको दिन ऐरावती गाउँपालिका, गाउँसभाको १९औँ अधिवेशन, सम्पुर्ण गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थितिमा ऐरावती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।सो कार्यक्रमको केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।
ताजा खबर
ग्यालरी
सिकाई आदानप्रदान तथा अन्तर पालिका सहकार्य गर्ने उद्धेश्यसहित अर्घाखाँची र प्यूठानका ६ वटा पालिकाको बैठक बसेको छ ।
प्युठानको ऐरावती गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकमा प्यूठानका ऐरावती, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका तथा अर्घाखाँचीका भुमिकास्थान र शितगंगा नगरपालिकाको सहभागिता रहेको थियो ।
आर्थिक वर्ष ०८०/०८१ मा स्वास्थ्य तर्फ सम्पादित कार्यक्रमको आधारमा, स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा सञ्चालित बार्षिक समीक्षा कार्यक्रममा ऐरावती गाउँपालिकाले जम्मा ६७.५१ प्राप्ताङ्क सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।प्युठान जिल्लाभरमा गौमुखी गाउँपालिका ६७.८७ प्राप्ताङ्क सहित प्रथम तथा माण्डवी गाउँपालिका ६७.६९ सहित द्दितीय स्थान हासिल गर्न सफल भएका थिए ।
मिति २०८१/०४/३१ गते यस ऐरावती गाउँपालिकाको सभाहलमा आ.व. २०८०/०८१ को तेस्रो चौमासिक अवधिको कार्यक्रमहरुको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम, गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,सबै वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत,विषयगत शाखा प्रमुखहरु,वडा सचिबहरु तथा पालिकामा कार्यरत सबै कर्मचारीहरु,सरोकारवाला निकायहरु तथा आम सर्वसाधारणको उपस्थितिमा सम्पन्न भएको थियो ।
मिति २०८१/०४/३० गते यस ऐरावती गाउँपालिकाको सभाहलमा आ.व. २०८०/०८१ मा सम्पादित कार्यक्रमहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,सबै वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत,विषयगत शाखा प्रमुखहरु,सबै वडा सचिबहरु तथा पालिकामा कार्यरत सबै कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
यस कार्यक्रममा वडा तथा पालिकाबाट आ.व अवधीमा सम्पादित कार्यहरुको बारेमा सम्बन्धीत वडा कार्यालयका वडा सचिव र सम्बन्धीत शाखा प्रमुखहरुले आ-आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
मिति २०८१/०३/०९ गतेको दिन सुरु भएको यस ऐरावती गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठक मिति २०८१/०३/१०
गते आ.व २०८१/०८२ को लागि बिनियोजन गरिएको बजेट,आर्थिक ऐन,बिनियोजन ऐनहरु सार्वजनिक गरि बैठक सम्पन्न भएको छ ।
यस दोस्रो बैठकको अध्यक्षता ऐरावती गाउँपालिकाका अध्यक्ष श्री नविल बिक्रम शाहले गर्नुभएको थियो भने
उपाध्यक्ष श्री कृष्ण प्रसाद श्रेष्ठले आ.व. २०८१/०८२ को लागि बिनियोजित बजेट,आर्थिक ऐन,बिनियोजन ऐनहरु प्रस्तुत गर्नुभएको थियो ।
सामुदायिक वन महासंघ प्यूठान, ऐरावती शाखाकाे आयोजनामा,
सामुदायिक बनका अवसर,चुनौती तथा सबाल विषयक सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम,
आज मिति २०८०/१२/२६ गतेको दिनमा ऐरावती गाउँपालिकाको सभाहलमा सु-सम्पन्न भएको छ।सो कार्यक्रमका केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।
नेपाल नेत्रज्योती संघ,प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल, बिजुवार प्यूठानको
आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा मिति २०८०/१२/२४ गते शनिबार ऐरावती गाउँपालिका -२ स्थित पुरन्ठाँटी स्वास्थ्य चौकी
बरौलामा आँखा उपचार शिविर सम्पन्न भएको छ ।
सो शिविरमा २ सय ४१ जनाले सेवा लिनुभएको छ ।
आँखा शिविरमा १ सय ७ जना पुरुष र १३४ जना महिला गरी २ सय ४१ जनाले जनाले सेवा लिनुभएको छ।
आँखा चेक जाँच गराएका मध्यो १५ जनामा मोतिया बिन्दु भेटिएको उहाँले बताउनुभयो । मोतियाबिन्दु देखिएकाको चैत २९ गते आँखा अस्पताल बिजुवारमा शल्यक्रिया गरिने छ ।
आज मिति २०८०/११/०३ गतेको दिन यस ऐरावती गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम ऐरावती गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत, तथा सम्पुर्ण विषयगत शाखाका शाखा प्रमुखहरुको उपस्थितिमा वडा नं ४ स्थित बाल शिक्षा प्रा.वि कैरनको प्राङ्गणमा सम्पन्न भएको छ ।