ताजा खबर
ऐरावती गाउँपालिका -२ स्थित पुरन्ठाँटी स्वास्थ्य चौकी बरौलामा सम्पन्न भएको आँखा उपचार शिविर कार्यक्रम ।
नेपाल नेत्रज्योती संघ,प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल, बिजुवार प्यूठानको
आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा मिति २०८०/१२/२४ गते शनिबार ऐरावती गाउँपालिका -२ स्थित पुरन्ठाँटी स्वास्थ्य चौकी
बरौलामा आँखा उपचार शिविर सम्पन्न भएको छ ।
सो शिविरमा २ सय ४१ जनाले सेवा लिनुभएको छ ।
आँखा शिविरमा १ सय ७ जना पुरुष र १३४ जना महिला गरी २ सय ४१ जनाले जनाले सेवा लिनुभएको छ।
आँखा चेक जाँच गराएका मध्यो १५ जनामा मोतिया बिन्दु भेटिएको उहाँले बताउनुभयो । मोतियाबिन्दु देखिएकाको चैत २९ गते आँखा अस्पताल बिजुवारमा शल्यक्रिया गरिने छ ।