FAQs Complain Problems

ऐरावतीका स्वंयमसेविकाका लागि ५ दिने पूर्नताजगी तालिम

प्युठान,१३ चैत स्वास्थ्य कार्यालय प्युठानले ऐरावती गाउँपालिकामा काम गर्ने स्वास्थ्य स्वयंमसेविकाका लागि ५ दिने पूर्नताजगी तालिम सञ्चालन गरेको छ । गाउँपालिकामा नयाँ नियुक्ति भएका तथा पूराना स्वयंमसेविकाका लागि तालिम दिईएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले बताए । समुदाय स्तरमा सञ्चालन हुने बाल स्वास्थ्य, मातृ स्वास्थ्य, रोग नियन्त्रण कार्यक्रम लगाएत स्वास्थ्य सम्बन्धि आनीवानी परिवर्तनमा स्थानिय स्वयंमसेविकाको महत्वपूर्ण भूमिका रहेको छ । उनीहरुलाई तालिममा यी विषयमा जानकारी गराउने कार्यालयका प्रमुख सुबेदीले बताए । २० जना स्वयंमसेविकालाई तालिम दिईएको उनले बताए । उनले भने,–‘ स्वयंमसेविकाका नयाँ कार्यक्रमका बारेमा जानकारी गराउन तालिमको आयोजना गरिएको हो ।’ त्यस्तै तालिममा सेविकाका काम, अधिकार र सूचकका विषयमा पनि सहजीकरण गरिने उनले बताए । तालिमको सहजीकरण स्वास्थ्य कार्यालय प्युठानका स्वास्थ्यकर्मी र गाउँपालिकाका स्वास्थ्यकर्मीले गर्ने सुबेदीले जानकारी गराए । तलिमको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले राज्यका अगुवाईमा राखिएका स्वयंमसेविकाले राम्रो काम गर्दै जानुपर्ने बताए । उनले भने,–‘सरकार सफल बनाउन स्वयंमसेविकाले आफ्नो काममा दृढ हुनुपर्छ । ’ गाउँपालिकाले स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी वढेको उनले बताए । स्वयंमसेविकाका लागि चाहिने आवश्यक तालिम, रकम र व्यवस्थापनमा गाउँपालिका प्रतिवद्ध भएको उनले जानकारी गराए । जिल्लामा ४ सय ४१ स्वयंमसेविका समुदायकेन्द्रित स्वास्थ्य कार्यक्रमको मूख्य खम्बा भनेकै महिला भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुबेदीले बताए । उनले भने,–‘ जबसम्म महिलाको शशक्तिकरण गर्न सकिदैन तब सम्म स्वास्थ्यका सूचकहरुमा उपलब्धी हासिल गर्न सकिदैन । ’ जिल्लामा साविकका वडा अनुसार ४ सय ४१ स्वयंमसेविका रहेको सुवेदीले बताए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष ०४४÷०४५ सालदेखि महिला स्वास्थ्य स्वयंमसेविका कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए । उनले भने,–‘प्युठानमा पनि वडा अनुसार राखेको छौँ । ’ राज्यले स्वास्थ्य क्षेत्रमा लिएको उदेश्य पूरा गर्न स्वास्थ्य स्वयंमसेविकाको महत्वपूर्ण भूमिका रहेको उनले बताए । राज्यले स्वयंमसेविकाका लागि वार्षिक रुपमा भत्ता उपलब्ध गराउदै आएको छ । ऐरावती गाउँपालिकामा रहेका स्वास्थ्य स्वयंमसेविकाका लागि गाउँपालिकाबाट बार्षिक रुपमा खाजा भत्ता १२ हजार रुपिँया र स्वास्थ्य कार्यालयबाट पोषाक भत्ता रु ७ हजार ५ सय दिदै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्ष: