FAQs Complain Problems

सुत्केरी तथा शिशु हेरचाह खर्च पाउँ फारम ।

तथा शिशु हेरचाह खरकर्मचारी संचयकोषले दिने सुत्केरी खर्च! कसरी र कती दिन्छ ?

कर्मचारी सञ्चय कोषले नयाँ कार्यक्रमको रुपमा सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम लागू गरेको छ । महिला सञ्चयकर्ता आफै वा सञ्चयकर्ताको पत्नी सुत्केरी भएमा यस कार्यक्रम अन्तर्गत तमाम नोकरी अवधिमा दुई पटकसम्म प्रति प्रसुति सात हजार पाँच सय रुपैयाँ (Rs. 7500) सुत्केरी तथा शिशु हेरचाह खर्च प्राप्त गर्न सक्ने छन् । यो सुविधा प्राप्त गर्न सञ्चयकर्ताको नियमित कोषकट्टी भएको हुनु पर्छ । साथै सञ्चयकर्ताले शिशुको जन्म दर्ता प्रमाणपत्र वा अस्पतालको जन्म प्रमाणपत्रको प्रतिलिपि, सञ्चयकर्ता कार्यरत कार्यालयको सुत्केरी तथा सुत्केरी स्याहार विदा वसेको प्रमाणित पत्र, पति पत्नीको सम्बन्ध खुल्ने कुनै कागजात पेश गर्नु पर्नेछ । यो सुविधा लिनका लागि सञ्चयकर्ताले सुत्केरी भएको मितिले ६ महिना भित्र भुक्तानी दावी गरी सक्नु पर्ने छ । सो सुबिधा भुक्तानीका लागि भर्नुपर्ने सुत्केरी तथा शिशु हेरचाह खर्च माग दाबी फर्म कोष कार्यालयहरुमा वा कोषको वेब साइटबाट डाउनलोड गरी प्राप्त हुनेछ । सो फर्म संचयकर्ताको कार्यालयले सिफारिश गरेको हुनु पर्दछ र आवश्यक कागजातको सबै सक्कल प्रतिहरु पनि पेश गर्नुपर्दछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: