FAQs Complain Problems

ऐरावती गाउँपालिकाको वडा नँ ५ मा अवस्थित खेल मैदान ।

Read More

प्रसिद्द धार्मिकस्थल विजुलीकोट जहाँ बडा दशैँको नवमीको दिनमा भव्य मेला लाग्ने गर्दछ ।

Read More

ऐरावती गाउँपालिकाको भवन

Read More

"पुरन्ठाँटी स्वास्थ्य चौकी "

Read More

वडा नं २ मा रहेको प्रसिद्द स्थल "ठूलिलेख"

Read More

ऐरावती गाउँपालिकाको संक्षिप्त परिचय

ऐरावती गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लाका साबिकका गा.वि.स.हरू दाङवाङ, बरौला, पकला, बिजुली, धुवाङ(१–६,९) र रस्पुरकोट (१–५) गा.वि.स. मिलेर बनेको हाे। नेपालकोहो मानचित्रमा ऐरावती गाउँपालिकाका भौगोलिकअवस्थिति २७०५४,३०,देखि २८००३ उत्तरी आक्षांसम्म र २०४,३० देखि ८३०००,३० पूर्वी देशान्तरसम्म फैलिएको ।१५६.७५ वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँची जिल्ला, पश्चिममा सरुमारानी र माण्डवी गाउँपालिका उत्तरमा मल्लरानी र माण्डवी गाउँपालिका र दक्षिणमा सरुमारानी गाउँपालिका र अर्घाखाँची जिल्ला पर्दछन्।जनगणना २०७८ अनुसार ऐरावती गाउँपालिकामा ११३९९(५५.८ प्रतिशत)महिला तथा ९०२९(४४.२ प्रतिशत) गरि जम्मा जनसंख्या २०४२८ रहेको छ । बिभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । दशैँ, तिहार,माघि होली, गौरा, कृष्णजन्माष्टमी,ल्होसार,बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सुचना प्रविधि अधिकृत/ सुचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क (३५ दिन पछि विलम्ब शुल्क रु. ५०)
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र/पुरा विवरण भरेको जन्मको सुचना फाराम
२) बालकको बाबु/आमाको नागरिकता
३) सुचकको नागरिकता प्रमाणपत्र
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) विवरण खुलेको निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि
२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र विवरण खुलेको निवेदन पत्र
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
४) वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटो ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
८) स्थलगत सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- नबालक परिचयपत्र सिफारिस
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जन्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन वा कार्यचाप बढि भएको अवस्थामा अर्को दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम बमोजिम
आवश्यक कागजातहरुः-

१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना

Pages

जनगणना २०७८ मा ऐरावती गाउँपालिका

जानकारी

//