FAQs Complain Problems

स्वीकृत भएको २१ वर्षपछि प्रहरी चौकी सञ्चालन

ऐरावती गाउँपालिकाकै दुर्गम गाउँ दाङवाङमा स्कीकृत भएको २१ वर्षपछि प्रहरी चौकी सञ्चालन भएको छ । नेपाल सरकारबाट ०५५ सालमा स्वीकृत भएपनि यस क्षेत्रका मानिसहरुले प्रहरी चौकी राख्न अनुमती नदिएपछि सञ्चालन हुन सकेको थिएन् । बुधवार दाङवाङमा प्रहरी चौकीको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले चौकीको सयुक्त उद्घाटन गर्नुभएको हो ।

पछिल्लो समय यस क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग माग गरेका थिए । स्थानिय सरकार सञ्चालन भएपछि यस क्षेत्रका बासिन्दाले प्रहरी चौकी चाहियो भनेर स्थानिय सरकारसंग माग गरेको गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‐‘ दरबन्दी भएर पनि प्रहरी चौकी सञ्चालन नहुँदा गाउँपालिकासंग यस क्षेत्रका बासिन्दाले माग गरेका थिए । ’
जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग पटक‐पटक चौकीको माग गरेपछि चौकी स्थापना गरिएको प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘स्थानीय जनतालाई सुरक्षा दिलाउन प्रहरी चौकी स्थापना गरेका हौँ । ’स्थानीय सरकार र सुरक्षा निकायको समन्वयमा चौकी सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
आफु जिल्लामा आएको १० महिनाको अवधिमा प्रहरी चौकी सञ्चालन गरिएको प्रहरी प्रमुख वुढाथोकीले बताउनुभयो । प्रहरी जनताको सम्पती हुन्, उहाँले भन्नुभयो,–‘सामाजिक अपराध रोक्न प्रहरी क्रियाशिल हुन्छन् । ’ ईलाका प्रहरी कार्यालय विजुवारको मातहतमा यस क्षेत्रको चौकी रहने उहाँले बताउनुभयो । यस स्थानमा ९ जना प्रहरीको दरबन्दी रहे पनि हाँललाई एकजना असई सहित ७ जना प्रहरी पठाएको प्रहरी प्रमुख वुढाथोकीले बताउनुभयो ।

आवश्यकता देखेर काम अगाडी वढायौँ ः प्रजिअ
दाङवाङमा प्रहरी चौकी स्वीकृत भईसकेपनि द्धन्द्ध समयमा रोकिएकोले काम अगाडी वढाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताउनुभयो । यस क्षेत्रमा प्रहरी चौकी आवश्यकता छ भनेर स्थानियले पहिलेदेखि माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‐‘स्वीकृत भएर पनि रोकिएको चौकी आफ्नो कार्यकालमा स्थापना गर्ने भनि कामलाई अगाडी वढाएका हौँ , सोही अनुरुप स्थापना गर्न सफल भयौँ । ’
नेपालकै ईतिहास फरक पहिचान भएको यो प्रहरी चौकीलाई आफ्नो कार्यकालमा सफल भएकोमा उनले खुसी समेत व्यक्त गर्नुभयो । समाज रुपान्तरणमा प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ, उहाँले भन्नुभयोे,–‘सहि सदुपयोगका लागि स्थानियको भूमिका अपरिहार्य छ । ’ प्रहरी जनताको साथी, जे काम पनि गर्न सक्छ, उहाँले भन्नुभयो,–‘अबका दिनमा स्थानियहरुले प्रहरीप्रति सकारात्मक बुझाई पाउनेछन् । ’
प्रहरी चौकी उद्घाटन गर्दै जिल्ला समन्वय समिति उपप्रमुख पदम थापाले शान्ति सुरक्षाको प्रत्याभूतिकालागि प्रहरी र मानिसको सम्वन्ध सकारात्मक हुनुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले हरेक मान्छेलाई विपत्ति आईलाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द भनेको भगवान हो र त्यसपछि उसले खोज्ने साहारा भनेको प्रहरी संग हो । तसर्थ प्रहरी र आम जनताको सम्बन्ध भनेको ज्यादैनै सुमधुर भन्नुपर्छ । अझै भनौ दाङवाङ जस्तो विकट क्षेत्रमा प्रहरीको युनिटको भूमिका निकै महत्वपूर्ण हुनेछ , म आफु जनप्रतिनिधिको साथसाथै न्यायीक समितिको संयोजक भएको नातालेपनि जनताबाट आउने समस्याको बारेमा एकाकार भएर अगाडी वढनुपर्ने उहाँले बताउनुभयो । समाजमा हुने अपराधिक घट्ना रोक्न, स्थानियहरुलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी महत्वपूर्ण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘प्रहरी र जनताको सम्बन्ध प्रगाढ हुनुपर्छ । ’
स्थानीय खुसी
प्रहरीप्रति नकारात्मक भावना र द्धन्द्धको समयले गर्दा लामो समयदेखी सञ्चालन हुन नसकेको प्रहरी चौकी सञ्चालन भएपछि यस क्षेत्रका स्थानिय खुसी भएका छन् । गाउँलेको एक मत नहुँदा प्रहरी चौकी सञ्चालन गर्न सकिएको थिएन, स्थानिय प्रेमनारायण आचार्यले भन्नुभयो, –‘अब चौकी स्थापना भयो, सुरक्षाको अनुभूति हुने छ । ’ देशले २४ वटा प्रधानमन्त्री फेर्दा समेत हामी गाउँलेले प्रहरी देख्न पाएका थिएनौ, उहाँले भन्नुभयो,–‘अबका दिनमा प्रहरी र हामी संगसंगै सहयात्रा गर्ने ऐरावती गाउँपालिका प्रेस संयोजक सागर रिजालले खबर पठाउनुभएको छ

आर्थिक वर्ष: