FAQs Complain Problems

सडक पुग्दा गाउँमा खुसियाली ।

गाउँ घरमै सड्क पुगेपछि स्थानियहरु खुसी भएका छन् । जिल्लाको ऐरावती गाउँपालिका–३ कोलवाङमा सड्क पुगेपछि स्थानियहरु नाचेरै खुसीयाली मनाएका छन् । सड्कको शुक्रवार गाउँपालिका अध्यक्ष नबील विक्रम शाह, उपाध्यक्ष बुद्ध बहादुर बस्नेत, वडा अध्यक्ष भुपेन्द्र आले , स्वर्गद्धारी यातायात समितिका महासचिव चन्द्रमान श्रेष्ठ लगाएतको उपस्थितीमा उद्घाटन गरिएको छ ।
सड्क पुगेपछि यस क्षेत्रका खस्रे, गौडे, थाडदमार, ओखारी, साजबास लगाएतका स्थानियलाई यातायातमा सहज भएको वडा अध्यक्ष भुप बहादुर आलेले बताए । उनले भने,–‘ सड्क नपुग्दा यस क्षेत्रका स्थानियलाई हिड्नुपर्ने बाध्यता थियो । ’ मटिखन्नी–साजबास–कोलबाङ– ओखारी सड्क उपभोक्ता समितिका अध्यक्ष सिमा गाहाले स्थानियलाई सड्क नहुँदा जाबुनेबाट पैदल हिड्नुपर्ने बाध्यता भएको बताईन् । पहिले सड्क नहुँदा यो क्षेत्रका स्थानियलाई २ देखि ४ घण्टा हिड्नुपर्ने बाध्यता थियो । उनले खुसि हुदै भनिन,–‘सड्क पुगेपछि स्थानियमा खुसीयाली छाएको छ ।’
निमार्ण भएको सड्कको उद्घाटन गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले गरेका थिए । उनले सड्क उद्घाटन गर्दै गाउँपालिकाले स्थानियको समस्या समाधानका लागि सड्क निमार्ण गरेको बताए । उनले भने,–‘सड्क निमार्ण पश्चात स्थानियलाई सहजता ल्याउने विश्वास गरेको छु । ’ उनले यस सड्कलाई सरुमारानी गाउँपालिकासंग समन्वय गरि दर्भान सम्म जोड्ने बताए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले  आफु निर्वाचित भईसकेपछि विकास निमार्णको सवालमा आफ्नो मुख्य ध्यान भनेको गाउँपालिकाको केन्द्र देखि टाढा रहेका  दुर्गम बस्तीहरुमा पुगेको बताए ।  यहाँका सामाजिक सरोकारका विषयबस्तुहरु जस्तै ः शिक्षा, स्वास्थ्य, कृषि जस्ता अति संवेदनशिल क्षेत्रहरुमा आफुले नजिकबाट अध्ययन गरिरहेको बताए । उनले भने,– सोहि अनुसार गाउँपालिकाले  विकास बजेट विनियोजन गरेको छ ।’ यस क्षेत्रका ठुला समस्यालाई समाधान गर्न प्रदेश र संघ सरकारसंग समन्वय गरेर अगाडी वढने उनले बताए । साथै अहिले नेपालको संविधान जनताको अधिकारको लागि विश्वमै उत्कृष्ट संविधानको रुपमा स्थापित भएको छ । उपाध्यक्ष बस्नेतले भने,–‘जनताको जीवनस्तरमा आवश्यक पर्ने सबै विषयबस्तुहरु मौलीक हकको रुपमा स्पष्ट लेखिएको छ ।’  उनले स्थानिय जनसमुदायलाई आफ्नो जीवन यापन बदल्नलाई अगाडी वढनुहोस सरकार तपाईहरुकै साथमा छ भन्दै स्थानियलाई आश्वस्त पार्ने कोसिस गरेका थिए ।

पौने करोड लागतमा सड्क
कोलवाङमा पौने करोडको लागतमा सड्क खनिएको छ ।  गरिबि निवारण कोषको २७ लाख, ऐरावती गाउँपालिकाको २४ लाख र स्थानिय जनश्रमदान ६ लाख २५ हजार रुपियाँ लागतमा सड्क खनिएको वडा सचिव लिलामणी विश्वकर्माले बताए । ६ किलोमिटर सड्क खनिएको उनले बताए । उनले भने,–‘सड्क निमार्णले एक सय ५० घरधुरीका जनता  लाभान्वित भएका  छन् । ’

जनप्रतिनिधिलाई स्थानियले  सोरठी नाँचले गरे स्वागत :
यस क्षेत्रका स्थानियले कोलवाङ सम्म सड्क पुगेपछि जनप्रतिनिधिलाई सोरठी नाँचले स्वागत गरेका छन् । उनिहरुले खुसीयालीमा जनप्रतिनिधिलाई अबिर, माला लगाईदिएर स्वागत गरेका थिए । जनप्रतिनिधि गाँउमा आउँदा खुसि लाग्यो । स्थानिय धन बहादुर थापाले भने,–‘ सड्क निमार्णपछि गाडी आउने भएपछि खुसी छौँ ।’

नियमित जिप चल्ने :
सड्क निमार्ण सम्पन्न भएसंग यस क्षेत्रमा नियमित जिप चल्ने भएको छ । सड्क उद्घाटन गर्न जिप लगेर कोलवाङमा पुगेका स्वर्गद्धारी यातायात व्यवसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले कोलवाङ–विजुवार नियमित १ जिप चलाउने प्रतिवद्धता व्यक्त गरे ।

अन्य क्षेत्रमा पनि सड्क लगिदिन स्थानियको माग :
कोलवाङ संगै वडा नंम्बर ३ का खस्रे, गौडे, थाडदमार, ओखारी, साजबास लगाएत क्षेत्रका स्थानियले आफ्नो गाउँमा पनि सड्क पु¥याईदिन आग्रह गरेका छन् । स्थानिय धन बहादुर थापाले भने,–‘कोलवाङ सम्म सड्क भएर पुग्दैन अझै यी दुर्गम बस्तीमा सड्क पु¥याउन पहल होस।’
गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जनताको समस्या समाधान गर्न गाउँपालिकाको सहयोग सधै रहने बताए ।

आर्थिक वर्ष: