FAQs Complain Problems

पानीसंगै फेरियो उदिकबासीको दैनिकी ।।

प्यूठान फागुन २२ बर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका ऐरावती गाउँपालिका ६ उदिकबासीको घरघरमा पानीको धारा जडान भएपछि उनीहरुको दैनिक फेरिएको छ । झिमरुक खोलाको दुषित पानी पिउन बाध्य भएका उदिकवासीहरुको लिफ्टबाट प्रबिधीबाट घरघरमा पानीका धारा आएपछि हर्षित भएका छन् । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई दोस्रो चरण र ऐरावती गाउँपालिकाको आर्थिक सहयोगमा गाउँमा खानेपानी आयोजना समपन्न भएको ऐरावती गाउँपालिकाका वास संयोजक श्रीधर भट्टराईले जानकारी दिए । पश्चिम नेपाल खानेपानी ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको ३९ लाख ८२ हजार ८ सय ३५ र ऐरावती ऐरावती गाउँपालिकाको ६ लाख ११ हजार ७ सय ७३ रुपैया र स्थानीयको करिब १५ लाख वरावरको जनश्रमदान गरी कुल ६० लाख ९४ हजार ६ सय ८ रुपैयाको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो । खानेपानी आयोजनाबाट उदिकका ५४ घरधुरीका करिब ३ सय परिवार लाभान्वित भएका छन् । झिमरुक खोलाबाट लिफ्टीङ गरेर गाउँमा पानी ल्याएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताए । ‘गाउँपाििलकाको एक घर एक धारा अभियान अनुसार उदिकमा खानेपानी आयोजना सम्पन्न गरेका छौँ’ ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले भने,‘गाउँमा पानी आएपछि उदिकको वर्षैदेखिको समस्या समाधान भएको छ ।’ उदिकका स्थानीयले घण्टै लगाएर झिमरुक खोलाको दुषित पानी पिउने गरेका थिए । गाउँ नजिकै भएको पानीको मुहान विभिन्न कारणले सुकेपछि त्यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य भएका थिए । गाउँमा लिफ्ट प्रबिधीबाट घरघरमा पानीका धारा आएपछि खोलाको दुषित पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको उपभोक्ता समितिका कोषाध्यक्ष राधा खत्रीले बताईन् । ‘गाउँमा जथाभाबि सडक खनेपछि पानीको समस्या भएको थियो तर घरमै धारा आएपछि समस्या अन्त्य भएको छ’ उनले भनिन् । तरकारी खेती उदिकवासी ऐरावती गाउपालिका ६ उदिकका स्थानीयको घरघरमा पानीका धारा आएपछि गाउँको मुहार फेरिएको छ । गाउँमा पानीको समस्या हुदाँ जमिन बाझै थिए । उनीहरुले तरकारी तथा अन्य सामान बजारबाटै किनेर ल्याउने गर्थे तर अहिले सबैले बारीभरी तरकारी खेती गरेका छन । गाउँमा पानी आएसगै स्थानीयले तरकारी खेती गरि दैनिकीमा परिर्वतन ल्याएको स्थानीय सरस्वता आचार्यले बताइन् । ‘अहिले सबैले तरकारी खेती गरेका छन्’ उनले भनिन्,‘गाउँमा पानी आएसगै उदिकबासीको आयआर्जनको बाटो तरकारी खेती बनेको छ ।’ उदिकवासीले अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । गाउँमा तरकारी खेती हुन थालेपछि स्थानीयहरु स्वरोजगार बन्न थालेका छन् ।

आर्थिक वर्ष: