FAQs Complain Problems

एकिकृत घुम्ती शिविर समपन्न ।

 

 

जिल्ला सदरमुकाममा रहेका कार्यालयबाट प्रदान हुने सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याई सहज ढंगबाट एकै थलोबाट धेरै सेवाहरु एकीकृत रुपमा उपलब्ध गराई गाउँघरमै सरकार पुगेको अनुभूति गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना तथा ऐरावती गाउँपालिकाको सहआयोजनामा मिति २०७५ पौष २७ र २८ गते ऐरावती गाउँपालिकाको बरौलामा सञ्चालन भएको  एकीकृत घुम्ती शिविरमा देहायको कार्यालयबाट देहाय बमोजिमका सेवाहरु प्रदान गरिएको छ:

  1. जिल्ला प्रशासन कार्यालयबाट ३२९ नयाँ नागरिकता वितरण
  2. जिल्ला निर्वाचन कार्यालयबाट ३७८ जनाको मतदाता नामावलीमा नाम दर्ता
  3. जिल्ला प्रहरी कार्यालयबाट शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी चेतनामूलक भिडियो मार्फत करिब २०० जनालाई सचेतना प्रदान
  4. घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयबाट १० परामर्श सेवा, २ बाणिज्य फर्म दर्ता, २ उद्योग दर्ता
  5. गाउँपालिकाको तर्फबाट
  • ३३ वटा अपाङ्ग परिचय पत्र वितरण
  • २३ वटा जेष्ठ नागरिक परिचयपत्र वितरण
  • स्वास्थ्य परीक्षण र स्वास्थ्यसम्बन्धी परामर्श सेवा ५५० जना
  • कृषिसम्बन्धी सेवा र बिउविजन वितरण ८०० जना
  • पशुसम्बन्धी सेवा र पशुका लागि औषधि वितरण ४६४ जना

आर्थिक वर्ष: