FAQs Complain Problems

ऐरावती गाउँपालिकाको संक्षिप्त परिचय

ऐरावती गाउँपालिका लुम्विनी प्रदेश अन्तर्गत प्यूठान जिल्लाका साबिकका गा.वि.स.हरू दाङवाङ, बरौला, पकला, बिजुली, धुवाङ(१–६,९) र रस्पुरकोट (१–५) गा.वि.स. मिलेर बनेको छ । नेपालकोहो मानचित्रमा ऐरावती गाउँपालिकाका भौगोलिकअवस्थिति २७०५४,३०,देखि २८००३ उत्तरी आक्षांसम्म र २०४,३० देखि ८३० ००,३० पूर्वी देशान्तरसम्म फैलिएको । १५६.७५  वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँची जिल्ला, पश्चिममा सरुमारानी र माण्डवी गाउँपालिका उत्तरमा मल्लरानी र माण्डवी गाउँपालिका र दक्षिणमा सरुमारानी गाउँपालिका र अर्घाखाँची जिल्ला पर्दछन् । आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को श्रोतकोरूपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दाआधुनिक जीवनशैलीमा रमाउन थालेका छन ।

स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । गाउँपालिकाआधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था मात्रामा रहेका छन  उच्च शिक्षा विकासको लागी विशेष पहल गर्नुपर्नेदेखिन्छ । अध्ययनका लागि यस गाउँपालिका शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन् । यस ऐरावती गाउँपालिकामा ७ वटा मावि, ४ वटा आ.वि. र ३० वटा प्रावि गरी जम्मा ४१ वटा शिक्षण संस्थाहरू संचालित छन् । अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न् सकिरहेका छैनन । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले गाउँपालिका यस क्षेत्रको अपेक्षित विकास हुन सकिरहेकोे देखिदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । दशैँ, तिहार,माघि होली, गौरा, कृष्णजन्माष्टमी,ल्होसार,बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वकोरूपमा रहेको पाईन्छ ।

आर्थिक वर्ष: