FAQs Complain Problems

हाटबजार उद्घाटन गर्दै प्रदेश सांसद रिजालले भन्नुभयो - मेहनती हातलाई सलाम ।

ऐरावती गाउँपालिका,प्यूठान।

कृषकका उत्पादनलाई विक्रि बितरणमा सहयोग पुराउने उदेश्यले ऐरावती गाउँपालिका वडा न २ बर्रौला बजारमा आज एक कार्यक्रमको आयोजना गरी कृषि हाट बजारको उद्घाटन गरिएको छ । हाट बजारको उद्घाटन गर्दै प्यूठान क्षेत्र न १ का प्रदेश सासंद हरि रिजालले कृषका आवाज अब मूख्य मुद्धाका रुपमा लिन सबैमा आग्रह गर्दै कृषकले काम गर्न छाडे हामी सबै भोकै हुनु पर्ने अवस्था श्रृजना हुने भएकाले कृर्षकका मेहेनती हातलाई सबैले सलाम गनुपर्ने बताउनु भयो । सासंद रिजालले जमान फेरीएकाले कृषि पेसालाई आधुनकिकिरण गर्दे लैजान कृषक दाजुभाइ दिदिबहिनीलाई आग्रह गर्नुभयो । कार्यक्रमा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले कृषी पेशालाई आधुनिकिकरण गर्दै ऐरावती गाउँपालिकालाई आत्म निर्भर बनाउन हामी सबै लागि परिरहेको बताउनु भयो । कृषक हामी सबैका मालिक भएकोले कृषि पेशालाई सम्मानीत पेशा बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओलीले पढलेख गरेका युवायुवतीले कृषी पेशालाई आधुनिकिरण गर्दै त्यस तर्फ लाग्न अनुरोध गर्नुभयो । उहाँले बिदेशी भुमीमा गर्ने काम स्वदेशमा कृषि क्षेत्रमा गरे गाउँपालिका आत्म निर्भर हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बस्नेतले कृषि यस क्षेत्रको मूख्य पेशा भएकोले कृषि पेशाबाटै आत्म निर्भर गराउने वाताबरण श्रृजना गर्न आफुहरु लागि परेको बताउनु भयो । ऐरावती गाउँपालिका स्तरिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले हाट बजारको सफलताको कामना गरेका थिए । सुनगाभा कृषि सहकारी संस्थाका अध्यक्ष नुम प्रसाद श्रेष्ठले हाट बजारको संरक्षण गर्दै आगामी दिनमा कृषकका उत्पादलाई विक्रि वितरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नभयो । कार्यक्रममा कृषि तथा पशुका विभिन्न विधामा नियमीत कार्य गर्ने कृषकहरुलाई सम्मान समेत गरिएको थियो ।

आर्थिक वर्ष: