FAQs Complain Problems

यहि मिति २०७५ पौष २७ र २८ गते ऐरावती गाउँपालिकाको बरौलामा एकीकृत घुम्ति शिविर सञ्चालन हुने सम्वन्धमा ।

यहि मिति २०७५ पौष २७ र २८ गते ऐरावती गाउँपालिकाको बरौलामा जिल्ला प्रशासन कार्यालयको स‌ंयोजन तथा ऐरावती गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ति शिविर सञ्चालन हुने र उक्त घुम्ति शिविरमा देहायका सेवाहरु प्रवाह हुने हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ:
१. जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण
२. जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना
३. जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता
४. घरेलु तथा साना उद्याेग कार्यालयबाट उद्याेग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान
५. गाउँपालिकाको तर्फबाट
(क) अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
(ख) स्वास्थ्य शिविर
(ग) पशुसँग सम्बन्धित सेवाहरु
(घ) कृषिसँग सम्बन्धित सेवाहरु

आर्थिक वर्ष: