FAQs Complain Problems

नयाँ व्यवसाय दर्ता गर्नको लागि के गर्नु पर्छ ?

१) व्यवसायको प्रकृति समेत खुलेको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
४) २ प्रति फोटो
५) घर बहाल सम्झौता
६) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी