FAQs Complain Problems

आ.व.०७४/७५ को स्वास्थ्य तर्फको ऐरावती गाउँपालिका स्तरीय बार्षिक प्रगती समीक्षा गोष्ठी !

आर्थिक वर्ष ०७४÷०७५ सालको स्वास्थ्य तर्फको ऐरावती गाउँपालिका स्तरिय वार्षिक समिक्षा गोष्ठी ऐरावती गाउँपालिकाको बरौलामा सञ्चालन भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षतामा गोष्ठीको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष बस्नेतले गाउँपालिकाले स्वास्थ्य क्षेत्रसंग जोडियर काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘स्वास्थ्य क्षेत्र संग हामी सधै सहकार्य गर्दै अगाडी वढनेछौँ । ’ आफु जनप्रतिनिधि भएर आउँदा कमजोर अवस्थामा रहको स्वास्थ्य क्षेत्र हाँल सुधार हुदै आएको बताउनुभयो ।
गाउँपालिका भित्र ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य सेवा, ३० ठाउँमा खोप क्लनीक, २० ठाउँमा गाउँ घर क्लनीक, ४८ जना महिला स्वास्थ्य स्वयंम सेवीका रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सेवाको पहुँचमा नरहेकालाई पहुँचमा पु¥याउनका लागि ३ वटा सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गरिएको उहाँले बताउनुभयो । गाउँपालिका भित्र पर्ने वडा नंम्बर १ को दाङवाङ माछी दमार, वडा नंम्बर २ को माझकमिरे र ३ नंम्बर वडाको कोलबाङ गरि ३ स्थानमा सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गरिएको छ । ३ मध्ये वडा नंम्बर २ को माझकमिरे स्वास्थ्य संस्था सञ्चालन गर्न नसकिएको उहँले बताउनुभयो । उहाँले भन्नुभयो,‘कर्मचारी व्यवस्थापन गर्न बाकी छ । ’
शुक्रबार र शनिबार गरि २ दिन सम्म चल्ने गोष्ठीमा गत वर्ष ०७२÷७३, ०७३÷७४ को आधारमा ०७४÷०७५ को स्वास्थ्य तर्फको महत्वपूर्ण कार्यक्रमको प्रस्तुत गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बालस्वास्थ्य कार्यक्रम, खोप कार्यक्रम, पोषण कार्यक्रम, नियोजन कार्यक्रम ,आमा सुरक्षा कार्यक्रम लगाएत स्वास्थ्यका सेवाका विभिन्न सूचकमाथि छलफल संगै प्रस्तुतीकरण गरिने बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षतामा भएको गोष्ठीमा वडा अध्यक्ष, गाउँपालिका प्रवक्ता, ६ वटा स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य सहसंयोजक लगाएतको उपस्थिती रहेको छ ।

आर्थिक वर्ष: