FAQs Complain Problems

आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि ५१ करोड ८२ लाख ७० हजार बजेट ।

ऐरावती गाँउपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट सर्वसम्मतले पारीत गरेको छ । सातौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतद्धारा प्रस्तुत गरिएको बजेट बुधबार सर्वसम्मत रुपमा पारित भएको हो । बस्नेतले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि ५१ करोड ८२ लाख ७० हजार रुपौयाँको बजेट प्रस्तुत गरेका थिए ।

गाउँसभामा ऐरावती क्षेत्रमा कक्षा १ देखी ५ कक्षासम्म पढ्ने विद्यार्थीलाई पूर्ण रुपमा नि:शुल्क शिक्षा लागु गरिने उपाध्यक्ष बस्नेतले बताए । जसका लागि एक करोड ३० लाख रुपौयाँ बजेट विनियोजन गरिएको छ । यसअघिका शैक्षिक सत्रमा विभिन्न बाहनामा विद्यालयहरुले शुल्कहरु उठाउँदै आएपनि अबदेखी पूर्ण रुपमा निशुल्क शिक्षा लागु हुने बस्नेतले बताए ।

‘विद्यालय हाताभित्र सरसफाईयुक्त वातावरण र विद्यालयलाई उत्पादन र सौन्दर्यकेन्द्र वातावरण विकासका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ, निरन्तर मुल्याकंन पद्धती, अतिरिक्त क्रियाकलाप सञ्चालन, सामाजिक सचेतनामा शिक्षक तथा विद्यार्थी परिचालन, विद्यालय स्तरीय खेलकुद प्रतियोगिता, शिक्षा विकास अक्षयकोष स्थापना, शिक्षक तथा कर्मचारी प्रोत्साहन कार्यक्रम, दिवा खाजा कार्यक्रम बिस्तार लगाएतका क्षेत्रलाई सुदृढ बनाउनका लागि दुई करोड ४ लाख ५० हजार रुपौयाँ बजेट विनियोजन गरिएको छ’ बस्नेतद्धारा प्रस्तुत गरीएको बजेटमा उल्लेख गरीएको छ ।

यसै आर्थिक वर्षदेखी गाउँपालिकामा चिकित्सक सेवा सहितको सुविधा सञ्चालन गरिने छ । साथै टेलिमेडिसिन सेवा बिस्तार, घुम्ती स्वास्थ्य सेवा सञ्चालन, सामुदायिक स्वास्थ्य इकाई बिस्तार, मानसीक रोग उपचारमा सहयोग, महिला स्वास्थ्य स्वयंमसेविकालाई प्रोत्साहन, विपन्न वर्गका लागि औषधी उपचार कार्यक्रम, बृद्धहरुका लागि ओखती कार्यक्रमको निरन्तरता, आयुवेर्दिक स्वास्थ्य सेवा सञ्चालन, जिरो होम डेलिभरी प्रोत्साहन सहित सुत्केरी प्याकेट वितरण, गर्भवती महिलालाई क्याल्सीयम वितरण, स्वस्थ्य जीवनका लागि असल खानपान, स्वास्थ्य चौकीहरुलाई थप सुदृढिकरण कार्यक्रम लगाएत स्वास्थ्य क्षेत्रमा एक करोड ५० हजार रुपिँया बजेट विनियोजन गरिएको छ । त्यसैगरी गाँउसभाबाट ऐरावती वडा नं. २ कट्कुरा गुरुङ गाउँमा पौडी जलाशय र फिसिङ्ग स्पोर्टकालागि १५ लाख रुपैयाँ बजेट छुट्याईएको छ ।

त्यस्तै गाउँपालिकाले खानेपानी तथा सरसफाईका लागि ३ करोड २२ लाख, सड्क तर्फ एक करोड ९२ लाख २० हजार, भवन तथा शहरी विकास तर्फ ३ करोड १९ लाख, सुशासन प्रवद्र्धन तर्फ ३४ लाख, सिँचाई तर्फ ६६ लाख २७ हजार, मानव संसाधन तथा संस्थागत विकासतर्फ ६७ लाख, गाउँपालिकाले आफ्नै लगानीमा ईन्टरनेट सेवा सञ्चालनका लागि ५० लाख, अध्यक्षसँग यूवा कार्यक्रमका लागि ४० लाख, उपाध्यक्षसँग न्यायिक पहुँच कार्यक्रम लगाएतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

 

बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भवन तथा सड्क पूर्वाधार, खानेपानी लगाएतलाई प्रमुख प्राथमिकतामा राखीएको छ । समृद्धिका लागि सामाजिक परिचालन कार्यक्रमका लागि एक करोड बजेट विनियोजन गरिएको छ । यस मार्फत गाउँपालिकामा रहेका नागरिकहरुको जीवनयापनका न्युनतम आधारभुत आवश्यकताहरु परिपूर्ति गर्दै बेरोजगारी, गरिबी र विपन्नताको अन्त्य गर्ने कार्यक्रमहरु सञ्चालन गरिने छ । साथै कोभिड १९ का कारण गाउँपालिका भित्र फर्किएका यूवाहरुका लागि स्वरोजगारमुलक कार्यक्रमहरु सञ्चालनका लागि समेत यो कार्यक्रमले सहयोग पु¥याउने बताईएको छ ।

त्यस्तै गाउँपालिकाले कृषि क्षेत्रमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, व्यवसायिक कृषकहरुका लागि ब्याजमा अनुदान कार्यक्रम, कृषक उपजको बजार व्यवस्थापन, कृषि सामाग्रीको आपूर्ती, फलफुल तथा जडीबुटी उत्पादन, कृषकका लागि प्राविधिक सेवा, तरकारी र फलफुल क्षेत्रमा प्रसोधन तालिम लगाएतका कार्यक्रमका लागि एक करोड ९१ लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष बुद्धबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल लगाएत कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष तथा सदस्यहरु र कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

आर्थिक वर्ष: